८ वैशाख २०८१ शनिबार
समाज

बाढीले राैतहटमा ८ काे मृत्यु, दुई बेपत्ता

रौतहट - तीन दिनदेखि डुबानमा परेको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन्।

राजपुर नगरपालिका १ का वर्ष २५ वर्षीय सोनेलाल साह, गढिमाइ नगरपालिका १ का बिरेन्द्र राम को १० वर्षीय छोरा रवि राम र राम बाबू रामको ढ वर्षीय छोरा सरेस रामको ज्यान गएको हो २५ वर्षीय साह २८ गते देखि बेपता भएका थिए। आज बिहान सशस्त्र बेसक्याम्प गौर नजिक बाट शव बरामद भएको छ । त्यस्तै राम द्वयको बृन्दावन नगरपालिका ४ हर्दिया नजिक सडक छेउमा जमेको पानीमा डुबेपछि स्थानीयले उद्वार गरेर जिल्ल्ला अस्पताल उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटकाप्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

यसअघि यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल राउत र उमेश राउतको शव फेला परेका हो।त्यस्तै गढिमाइकी आनन्दी देवी र इशनाथका रामपुकारको अहिले सम्म पनि वेपत्ता रहेका छन्। भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल ९ढोका० खोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए। उनका अनुसार ९० प्रतिशत पानी घटेको छ। लाल बकैया र  बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुर्याएको छ। बाढीबाट बिस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएको छ। तर बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाका बनेको छ।

प्रकाशित: ३० असार २०७६ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App