४ वैशाख २०८१ मंगलबार
खेल

मनाङ र ब्रिगेड सेमिफाइनलमा

काठमाडौं – मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियससिपको सेमिफाइलनमा प्रवेश गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पा क्लबलाई १–० तथा ब्रिगेड ब्वाइजले एपिएफलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन सर्वोच्च राईले २०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा सर्वोच्चले सुमन गुरुङको पासलाई सदुपयोग गर्दै हेडरमार्फत जाली चुमाउन सफल भएका थिए। सुरुआतबाट नै राम्रो खेले पनि हिमालयन शेर्पाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अन्तिम आठबाट घर फर्किनुपरेको हो। अघिल्लो संस्करणको क्वार्टरफाइनलबाट बाहिरिएको मनाङ पहिलो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूहचरणमा हिमालयन समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो। मनाङ समूह ‘बी’ बाट उत्कृष्ट तीनमा पर्दै क्वार्टरफाइनल पुगेको थियो। प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न दिनको दोस्रो क्वार्टरफाइनलमा  ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विभागीय टोली एपिएफलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। अब बिबिसीले फाइनल प्रवेशका लागि मनाङसँग प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बिबिसीलाई जिताउन ब्रिजेस चौधरी र रोशन रानामगरले समान एक गोल गरे। सुरुआतबाट नै आक्रामक देखिएको बिबिसीले तेस्रो मिनेटमा नै ब्रिजेशको गोलबाट सुरुआती अग्रता लिएको थियो। पछि परेको एपिएफले पहिलो हाफको बाँकी समयमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलका साथ मैदान उत्रिएको बिबिसीले ५१औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो। ५१औं मिनेटमा रोशन रानामगरले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याए। त्यसपछि रक्षात्मक बन्दै खेल पस्किएको बिबिसीविरुद्ध आक्रामक खेलेको एपिएफले इन्जुरी समयमा गोल गर्दै अग्रता छोट्यायो। विपिन थापामगरले ९३औं मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए। बाँकी सयमा एपिएफले गोल फर्काउन प्रयास गरे पनि सफल हुन सकेन।

प्रतियोगितामा सोमबार तेस्रो र चौथो क्वार्टरफाइनल खेल हुनेछन्। आर्मीले जावालाखेल युथ क्लबको सामाना गर्दा दिनको दोस्रो खेलमा नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग अन्तिम चार प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। यी दुई खेलका विजेता फाइनल प्रवेशका लागि सेमिफाइनलमा भिड्नेछन्।मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पा क्लबलाई १–० तथा ब्रिगेड ब्वाइजले एपिएफलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन्।

प्रकाशित: ३० असार २०७६ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App