coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘स्टारडम जोगाउनु मुश्किल काम हो’

मुम्बई – बलिउड फिल्ममा सफल मानिने अभिनेता सलमान खानले ‘स्टारडम’ बारे बोलेका छन्। बलिउडमा पाँच जना अभिनेताहरूको मात्र ‘स्टारडम’ भएको तर्क उनले गरेका छन्।

‘फिल्मफेयर’ म्यागेजिनको अन्तर्वातामा बोल्दै उनले लामो समय ‘स्टारडम’ जोगाउन मुश्किल काम भएको प्रतिक्रिया दिए। ‘स्टारडम भन्ने कुरा समयसँग हराउँदै जान्छ। लामो समय स्टारडम टिकाउन ठूलो मेहेनतको आवश्यकता पर्दछ। मलाई लाग्छ, शाहरूख खान, आमिर, अक्की (अक्षय कुमार) र अजय..हामी मात्रले स्टारडम कायम राख्न सकेका छौं। केही वर्ष स्टारडम कायम राख्न हामीले मेहेनत गरिरहेका छौं,’ उनले भने।

उनले आफूसहित बलिउड अभिनेताहरू शाहरूख खान, आमिर खान, अक्षय कुमार र अजय देवगनले हालसम्म ‘स्टारडम’ लाई कायम राख्न सफल भएको बताए। हाल उनी निर्देशक प्रभु देवाले निर्देशन गरिरहेको ‘दबंग ३’ फिल्मको सुटिङमा व्यस्त छन्। ‘दबंग ३’ मा उनीसहित अभिनेत्री सोनाक्षी सिन्हा र अरवाज खान लगायतले अभिनय गरिरहेका छन्।  
 

प्रकाशित: ३० असार २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App