७ वैशाख २०८१ शुक्रबार
कला

भानु जयन्ती ४२ स्रष्टा पुरस्कृत

काठमाडौं - भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४२ जना स्रष्टाहरूलाई पुरस्कार वितरण गरेका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूबाट स्रष्टाहरूलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा महाकवि देवकोटा पुरस्कारअन्तर्गत कवितामा विश्वविमोहन श्रेष्ठ, निबन्धमा देवीप्रसाद सुवेदी, आख्यानमा नयनराज पाण्डे, बाल–साहित्यमा जीवेन्द्रदेव गिरी र भाषामा रोचक घिमिरे पुरस्कृत भएका थिए। भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार विधा अन्र्तगत दलित मुक्ति आन्दोलनको क्षेत्रमा रणेन्द्र बराली, समाज सुधारक भद्रमान घले र कला लेखन तथा अनुसन्धानतर्फ रमेशरञ्जन झा पुरस्कृत भए।

कार्यक्रममा गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अन्तर्गत राष्ट्रिय काव्य पुरस्कार केशवप्रसाद उपाध्याय र राष्ट्रिय नाट्य पुरस्कार भीष्म उप्रेतीलाई प्रदान गरियो। पुरस्कृत हुने स्रष्टाहरूलाई एक लाख रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो। राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत सांंस्कृतिकतर्फ गितु गिरी, संगीत तथा नाट्यतर्फ जीवन शर्मा, साहित्यतर्फ ओमवरसिंह बस्न्यात र ललितकलातर्फ गोविन्दनारायण ज्यापा पुरस्कृत भएका थिए।

प्रादेशिक पुरस्कारअन्तर्गत प्रदेश १ का भक्तबहादुर राई, प्रदेश २ का शोभा पोखरेल, प्रदेश ३ का बसन्तमान महर्जन, गण्डकी प्रदेशका अलिमिया लोक वाङ्मय प्रतिष्ठान, प्रदेश ५ का युवराज शर्मा गौतम, कर्णाली प्रदेशका छक्कबहादुर लामा र सुदूरपश्चिम प्रदेशका भोजराज भट्टराईलाई पुरस्कृत गरिएको थियो। त्यस्तै नाट्य विधाअन्तर्गत प्रदेश १ का चेतबहादुर राई, प्रदेश २ का ब्रृजलाल सहनी, प्रदेश ३ की डम्बरकुमारी गुरुङ, गण्डकी प्रदेशबाट कर्णबहादुर गौतम, प्रदेश ५ का इन्द्रबहादुर बिक, कर्णाली प्रदेशका पदम बहादुर रोकाया र सुदूरपश्चिम प्रदेशका ध्वजबहादुर महरा पुरस्कृत भए।  

प्रादेशिक प्रतिभा पुरस्कार ललितकला विधामा प्रदेश १ का श्यामप्रकाश श्रेष्ठ, प्रदेश २ का हरिओम मेहत, प्रदेश ३ का उमेश श्रेष्ठ, गण्डकी प्रदेशका अलोक गुरुङ, प्रदेश ५ का नरबहादुर विश्वकर्मा, कर्णाली प्रदेशका पेमाल्हामु गुरुङ र सुदूरपश्चिम प्रदेशका कविता चौधरीलाई प्रदान गरिएको थियो। भाषा तथा साहित्य विधामा प्रदेश १ का पदमकुमार राई, प्रदेश २ का चन्द्रशेखर उपाध्याय, प्रदेश ३ का शम्भुकुमार रेग्मी, गण्डकी प्रदेशका देवीप्रसाद वनबासी, प्रदेश ५ की बिन्दु शर्मा, कर्णाली प्रदेशका लालबहादुर खत्री र सुदूरपश्चिम प्रदेशका भोजराज भट्टलाई पुरस्कार प्रदान गरियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली साहित्य क्षेत्रमा आदीकवि भानुभक्त आचार्यले पु¥याएको योगदानबारे बोलेका थिए। पुरस्कृत स्रष्टा जीवेन्द्रदेव गिरीले यस सम्मानबाट आगामी दिनमा देश,जनता र समाजका लागि थप योगदान पु¥याउनमा हौसला मिलेको बताए।

प्रकाशित: ३० असार २०७६ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App