६ वैशाख २०८१ बिहीबार
कला

राष्ट्रपतिलाई व्यंग्य गर्दै सरोजको कमोडासन फोटो भाइरल

काठमाडौं  – गत शुक्रबार शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरणको लागि आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुति दिन सहभागि भएका अभिनेता सरोज खनालले सामाजिक सञ्जाल फेसबुकमा ट्वाइलेटभित्र कमोडमा बसिरहेको फोटो भाइरल भएको छ ।  

राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रमप्रति अभिनेत्री करिश्मा मानन्धरले असन्तुष्टि जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छिन्, ’एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे । घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन् । बाहिर आउनुस् तपाईं हाम्रो आमा हो। हामी तपाईको लागि ज्यान दिन्छौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमाको संज्ञा दिएकी उनले पहिला राजा कलाकारहरुको नाच हेर्न प्रज्ञा प्रतिष्ठानमा आउने गरेको स्मरण गरेकी थिइन् ।
‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बसेका थिए । तर, प्रस्तुति दिने ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे। म चाँहि टवाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे,’ अभिनेता खनालले फेसबुकमा लेखेका छन्,‘ के गरुँ आफ्नै क्षेत्रको दुर्दशा दर्शकलाई देखाएर आफनै बेइज्जत हुन्छ र सेयर गरिन । तर, मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु ।’

राष्ट्रपति भवनको तीतो अनुभवबारे बोल्दै उनले भने, ‘यो मेरो पहिलो र अन्तिम पर्फर्मेन्स भयो । करिष्माजीलाई यसबारे पहिल्यै थाहा भएर सजग हुनुभयो ।’ कार्यक्रमको क्रममा दुःख पाएको फोटा अर्का कलाकार जयकिशन बस्नेतले खिचेका छन् ।

 

प्रकाशित: ३० असार २०७६ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App