coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फेरि हजारौं सडकमा

हङकङ – हङकङमा कैयौं सातादेखि जारी सरकार विरोधी प्रदर्शन नरोकिने संकेत देखिएको छ। आइतबार हजारौं प्रदर्शनकारी सडकमा निस्किएसँगै तत्काल नै हङकङको तनाव कम हुनेमा शंका व्यक्त गरिएका छो। आइतबार भएको प्रदर्शनकै क्रममा सा टिन क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको एउटा सानो समूहबीच हिंसात्मक झडपसमेत भएको बिबिसीले उल्लेख गरेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले विधेयक ल्याएपछि प्रदर्शन सुरु भएको थियो। सरकारले विधेयक फिर्ता लिइसके पनि पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शन जारी नै रहेको छ।

प्रदर्शनकारीले सुरुमा विधेयक फिर्ताको माग गरे पनि त्यो माग विधेयकको खारेजी हुँदै अहिले बृहद् प्रजातान्त्रिक सुधारसम्म पुगेको छ। उनीहरुले हङकङको स्वतन्त्रता बढारिँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरिरहेको बिबिसीले उल्लेख गरेको छ। बेलायतको पूर्व उपनिवेश राष्ट्र हाल चीनको एउटा अंशको रूपमा रहेको छ। ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत रहेको हङकङमा मुख्यभूमि चीनभन्दा बढी अधिकार र स्वतन्त्रता प्रदान गरिएको छ। चीनको तुलनामा हङकङमा आफ्नै न्याय प्रणाली र छुट्टै कानुनी व्यवस्था पनि रहेको छ।

हङकङमा प्रदर्शन चर्किदै गएपछि प्रमुख कार्यकारी क्यारी लामले कैयौं पटक पदबाट राजीनामा दिन चाहेको भए पनि चीनले त्यसो गर्नबाट उनलाई रोकेको ‘द फाइनान्सियल टाइम्स’ले स्रोतलाई उद्धृत गर्दै लेखेको छ। लामले सिर्जना गरेको अस्तव्यस्तता उनी आफैंले सफा गर्नका लागि उनी पदमै बसिरहनु पर्ने चीनले चाहेको अर्को एउटा स्रोतलाई उद्धृत गर्दै ‘द फाइनान्सियल टाइम्स’ले जनाएको छ।

प्रदर्शनमा के भयो ?
आइतबार भएको प्रदर्शनकै क्रममा सा टिन क्षेत्रमा रहेका प्रदर्शनकारीले प्रमुख कार्यकारी लामलाई पदबाट राजीनामा दिनका लागि माग गरेका थिए भने केहीले हङकङ क्षेत्रको स्वतन्त्रताको माग गर्दै लेखिएका ब्यानर बोकेका थिए। ‘म प्रदर्शनले थाकेको छैन किनभने हामीले हाम्रो अधिकारका लागि लड्नै पर्छ,’ प्रदर्शनमा सहभागी भएका एक २५ वर्षीय प्रदर्शनकारीले ‘द साउथ चाइना मर्निङ पोस्ट’सँग बताए।

प्रदर्शनको आधिकारिक रुट तोडेका कैयौं प्रदर्शनकारीलाई प्रहरीले खुर्सानीको धुलो छर्केको थियो। मुखमा मास्क लगाएका प्रदर्शनकारीहरुले छेकबार बनाउन थालेपछि भने प्रहरीसँग झडप भएको बताइएको छ। आइतबार नै पत्रकारहरुले पनि हङकङमा प्रदर्शन गरेको बिबिसीले उल्लेख गरेको छ।  प्रहरीले संवाददाताहरुसँग दुव्र्यवहार गरेको भन्दै पत्रकारहरुले ¥याली निकालेको बताइएको छ।

शनिबार पनि हङकङमा प्रदर्शन भएको थियो। मुख्यभूमि चीनतर्फ सामान गइरहेको भन्दै शनिबार प्रदर्शन भएको थियो। शनिबार मुख्यभूमि चीनका पर्यटकका लागि प्रख्यात रहेको क्षेत्रको सीमा नजिकै पर्ने सेओङ सुई सहरमा प्रदर्शन भएको थियो। व्यापारीहरुले सेओङ सुई हुँदै सामान किन्ने र बेच्ने गरेका छन्। शनिबारको प्रदर्शन भने शान्त नै थियो। यद्यपि प्रहरीले प्रदर्शनकारीमाथि खुर्सानीको धुलोलगायतका सामग्री प्रहार गरेको थियो।
 

प्रदर्शनकारी के चाहन्छन् ?
मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारेको प्रस्तावित सरकारी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई नजरअन्दाज गर्ने र विधेयक चिनियाँ सरकारको विरोधमा बोल्नेप्रति लक्षित हुनसक्ने कतिपय आलोचकहरुले बताइरहेका छन्।

हङकङमा प्रस्तावित सुपुर्दगी विधेयकलाई लिएर प्रमुख कार्यकारी लामले विधेयकको अस्तित्व समाप्त भइसकेको बताए पनि औपचारिक रूपमै विधेयक फिर्ता लिएको घोषणा भने गरेकी छैनन्। सरकारले विधेयक तत्कालका लागि स्थगन गरेको र फिर्ता नलिएको भन्दै प्रदर्शनकारीले असन्तुष्टि जनाउँदै प्रदर्शन गरिरहेका छन्। उनीहरुले सरकारले प्रस्तावित विधेयक फिर्ता नलिएसम्म प्रदर्शन जारी राख्ने बताउँदै आएका छन्।

 

प्रकाशित: ३० असार २०७६ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App