तरकारी राष्ट्रवाद

सोमबार, ३० असार २०७६, ०८ : ५२ नागरिक

वीणा झा
राष्ट्रवादले जहिले पनि घृणालाई प्रोत्साहन गर्छ चाहे त्यो भिन्न राष्ट्रवादी समुदायसँग होस् वा विश्वका अन्य देशसँग। त्यसैले राष्ट्रवाद समाजका लागि हितकारी हँुदैन भनी विभिन्न विद्वान्ले तर्क गरेको पाइन्छ।

नेपालको विगतदेखि वर्तमानसम्मका सन्दर्भ नियालेर हेर्ने हो भने यहाँ विभिन्न तहमा रहेका राष्ट्रवाद, जसले बेलाबखत कहिले उग्र रूप त कहिले साँघुरिँदै द्वन्द्वको बिजारोपण, संरक्षण र प्रवद्र्धन गरेको देखिन्छ। जसले नागरिक–नागरिकबीच द्वन्द्व र घृणा बढाउँछ र कुनै हालतमा देशलाई समृद्धितर्फ अघि बढाउन सक्दैन। किनकि राष्ट्रवाद यस्तो विचार हो, जसले आफ्ना कमी–कमजोरी स्वीकार्ने र सुधार्नेतर्फ तर्फ सोच्न दिँदैन, बरु आफू नै सबैभन्दा उत्कृष्ट छु भन्दै अरूले पनि यो मान्ने विश्वासमा ऊ हुन्छ। त्यसका लागि उसले विभिन्न माध्यममार्फत संसारसामु उत्कृष्टता झल्काउने प्रस्तुति दिन्छ।

उदाहरणका लागि केही गीत सम्झिँदा ‘हामीले हिमाल उठायौँ एसियाको माझमा .......’, ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरीझैँ ज्योति बाली ...’ लाई लिन सकिन्छ। यी रचनामा वास्तविकता कहाँनिर छ ? हिमाल उठाउने चिज हो ? कहाँ, कसले, कहिले, कसरी उठाए ? त्यस्तै जलस्रोतको धनी नेपाललाई जुनकिरीको ज्योतिले विश्वमा कहाँसम्म लम्कायो ? यस्ता रचना ठ्याक्क राष्ट्रवादी भाव झल्काउन प्रस्तुत गरिन्छन्, जसमा एक निश्चित समुदायको मात्रै योगदानको गुनगान गाइन्छ। तर देश प्रेम भावनाले भौगोलिक क्षेत्र मात्रै होइन, सम्पूर्ण देशवासी तथा तिनका कला–संस्कृतिलाई  पनि उत्तिकै सम्मानका साथ स्वीकार्छ, जुन अवस्था देश समृद्ध बनाउन अनिवार्य छ। देश कुनै एक व्यक्ति वा समुदाय मात्रैले बनाउन सक्दैन, सबैको साझा प्रयत्न चाहिन्छ र त्यो कुरा हरेक नागरिकले सम्मान महसुस गर्दा मात्र सम्भव हुन्छ।

केही वर्षअगाडि कथित भारतीय नाकाबन्दीताका राष्ट्रवादका अनेक रूप देख्न पाइयो। खुब उम्दा भाषण तथा तुलमा झुन्डिएका अनेक अभिव्यक्ति सुनियो, देखियो। कतिले त पानी खाने बोतलमा पेट्रोल भरेर भारतीय राजदूतावाससम्म पु¥याएर विरोध जनाए।  धेरै सास्ती पनि भयो, तर राष्ट्रवादका विभिन्न रूप देखिए पनि आत्मनिर्भरतातर्फ केही सोचिएन। चाहे त्यो भान्छा चलाउने  कुरा होस् वा संस्कृति जोगाउने, त्यसतर्फ एक पाइला पनि अघि बढाइएन। बरु राष्ट्रवादीहरू  आआफ्नै डम्फु बजाउन तल्लीन रहे। परिणाम– अहिले पनि हाम्रो दैनिक आवश्यकताका लागि छिमेकी मुलुकहरूमै निर्भर हुन बाध्य छौँ। अरू त अरू टीका, फूल, जनै, क्वाँटी तथा विभिन्न भगवान्का तस्बिरसमेत विदेशबाट आयात नगरी हाम्रो संस्कृति धानिन्न। प्रश्न उठ्छ– ३ वर्षअघि हामीले जोड–जोडले चिच्याएर राष्ट्रवादका नारा लगाएर के गर्न सक्यौँ ?

आज फेरि जब तरकारी र फलफूलको विषादी प्रकरण अगाडि आएको छ। पुनः राष्ट्रवादीहरू कुर्लिन र बाँसुरी बजाउन थालेका छन्। नराम्रो कुराको विरोध गर्नुपर्छ,  राष्ट्रवादका नाममा अरूलाई नोक्सानी पु¥याउन मिल्दैन। दुई दिनअगाडि चितवनको तरकारी बजारमा केही व्यक्तिले भारतीय गोलभँेडा भन्दै फाल्दै गरेको भिडियो देखियो, सामाजिक सञ्जालमा, जसमा पीडित अवश्य पनि साना किसान व्यापारी होलान्। त्यस्तै भारतीय ट्रकमा आगजनी प्रयास भएका खबर पनि सुन्नमा आए। यो हाम्रो कस्तो राष्ट्रवाद ? तराईको भूमि, जसलाई सिँचाइ गरी कृषिमा आधुनिकीकरणमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिने प्रबल सम्भावना छ, त्यसमा प्रोत्साहन गर्न नसक्ने, स्याउ, सुन्तला र केरा फल्ने फाँटहरूलाई प्रवद्र्धन गर्न नसक्ने, तर राष्ट्रवादका नाममा समाजमा वितण्डा मच्चाउने ?  किन ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ ? त्यसतर्फ सोच्न रोक्ने यो कस्तो राष्ट्रवाद ? यस्तो राष्ट्रवादले देशलाई कहाँ पु¥याउला ?

केही दिनअघि आँप किन्न जाँदा एकै किसिमका आँप दुईतिर छुट्याएर राखिएको र मूल्य पनि फरक रहेछ। सोध्दा थाहा भयो– एकातिर भारतीय आँप रहेछ, जसको मूल्य अलि कम थियो, अर्कातिर नेपालको आँप रहेछ, जसको मूल्य केही बढी थियो। तरकारीको अवस्था पनि त्यस्तै थियो। यसरी तरकारीको चर्काे राष्ट्रवादले अरूलाई फाइदा होस् नहोस्, व्यापारीले भने लिँदै थिए। भारतबाट आउने तरकारी तथा फलफूल विषादी जाँच गरेर मात्रै देशमा भिœयाउने भनेको सुन्दा सरकारलाई तुरुन्तै देवत्वकरण गर्ने र पुनः निर्णय फिर्ता लिनासाथ राक्षसीकरण गर्ने यो कस्तो राष्ट्रवाद हो ?

हुन त सरकार पक्षले सिर्जना गरेको यो अवस्था सामान्य होइन, त्यो अलग्गै छलफलको विषय हुन सक्छ,  तर यहाँ चर्चा गर्न खोजिएको यदि वर्तमान सरकारले यो कुरा नै नउठाएको भए हाम्रो भान्छामा विषादीरहित तरकारीको निरन्तरता भइरहन्थ्यो कि रहन्थेन ? अचानक भारतबाट तरकारी, फलफूल आयात गरी परिपूर्ति गर्ने निर्णय वर्तमान सरकारले गरेको हो ? अहिलेसम्म किन नेपालीलाई विषादीयुक्त तरकारी र फलफूल खुवाइयो ? यो कुरा विगतका सत्ताधारीले किन उठाएनन् होला  ? त्यहाँ पनि एक किसिमको राष्ट्रवादले काम गरेको हो ? त्यस्तै विभिन्न मुलुकबाट ल्याइएका अन्य खाद्य सामग्री, जसले  हरेक डिपार्टमेन्ट स्टोर भरेको छ, त्यसबारे केही सोच्नु पर्ला कि नपर्ला ?  कि भारतको मात्रै विरोधले पक्का नेपालीपन देखिने हो ?

यहाँ एउटा कुरा भारतबाट सिक्नैपर्ने देखियो, त्यो के भने कसरी भारत सरकारले सर्वसाधारण किसानको व्यापारमा नकारात्मक असर नपरोस्, उनीहरूलाई कृषि पेसाप्रति वितृष्णा नजागोस् भनेर भारतीय राजदूतावासदेखि सम्बन्धित सबै निकायसम्म कति छिटो सक्रिय भएर लागे र आफ्नो अनुकूल वातावरण बनाउन सफल भए ! एकछिन् सोचौँ– के हुन्थ्यो होला, यदि भारतीय किसानका ठाउँमा नेपाली किसान हुन्थे भने ? हाम्रा सम्पूर्ण निकाय यसैगरी सक्रिय हुन्थे होलान् ? कि हाम्रा किसानका तरकारी र फलफूल त्यही ट्रकमा कुहिन्थे ? दैनिक गुजाराका लागि प्रत्येक दिन प्रताडित हुने नेपाल–भारत सीमामा बस्ने सर्वसाधारणका लागि अथवा सीमा जोगाउन खाली हात ज्यान जोखिममा राख्दै अगाडि बढ्ने नेपालीका लागि वा हरेक वर्ष बाँधले डुबाउने नेपाली बस्तीका बासिन्दाका लागि कतिपटक भारतस्थित नेपाली राजदूतावासले पहल गर्छ ? नेपालका सम्बन्धित निकायहरू कति संवदेनशील हुन्छन्, सर्वसाधारण नेपालीको आत्मविश्वास, स्वाभिमान र ज्यानका सवालमा ? अनि हाम्रो राष्ट्रवाद कहाँ काम लाग्यो ?

देश प्रेमको सिद्धान्तले देशको भौगोलिक बनोटदेखि हरेक देशवासीलाई उत्तिकै सम्मानका साथ अपनाउँछ र आफ्ना कमी–कमजोरी स्वीकार्दै परिमार्जन पनि गर्छ। साथै सकेसम्म आफ्नो देशलाई आत्मनिर्भर बनाउने, सामाजिक न्यायको अवस्था उच्च बनाउने गर्छ ताकि देशका कुनै नागरिकले  कुनै किसिमको विभेद महसुस गर्न नपरोस्, समभाव फैलियोस्। त्यसैले हामी राष्ट्रवादका नाममा एकअर्काप्रति घृणा फैलाउने कि हातमा हात जोडी सबैमा देश प्रेमको भावना बढाउने ? समाजशास्त्री





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad