coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२१ परिवारका ७० जना विस्थापित

सिन्धुली – बाढीपहिरोबाट सिन्धुलीमा दर्जनौं परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी कमलानदीले विस्थापित गरेको छ। कमलानदीकै किनारमा बस्ने १६ परिवार विस्थापित भएको दूधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए। उनका अनुसार कमलानदीस्थित दूधौली नगरपालिका–१ डकाहाआसपास बस्ने एक परिवारलाई नदीले बगाएको छ भने १६ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई नजिकको स्कुलमा बस्ने व्यवस्था मिलाइएको छ।

यस्तै दूधौली नगरपालिकास्थित सिर्थौलीको पाखाभित्ता भन्ने टोलका पाँच परिवार विस्थापित भएको स्थानीयले जनाएका छन्। साथै बाढीपहिरोकै कारण हरिहरपुरगढी गाउँपालिका–३ को गुर्जी भन्ने स्थानमा बाग्मती खोला बस्तीमा पसेपछि पाँच परिवार विस्थापित भएका छन्। ती परिवारको घर पूरै बाढीले ढाकेको छ। हालसम्म गाउँपालिकाले विस्थापितलाई सुरक्षित स्थानमा सार्नु नपरेको र आफैं सुरक्षित स्थानमा गई आफन्तकोमा बसेका छन्। वर्षाका कारण जिल्लाभर हालसम्म २१ परिवार विस्थापित भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विस्थापित परिवारलाई हालसम्म स्थानीय सरकारले नै सुरक्षित ठाउँमा राख्ने र खाद्यान्नको व्यवस्था मिलाउने कार्य गरेको बताए। जिल्लाभर २१ परिवारका ७० जना विस्थापित भएको जानकारी दिँदै उनले विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाए।

 

प्रकाशित: ३० असार २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App