coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

उदयपुर– कतारमा मानसिक सन्तुलन बिग्रेर बेवारिसे अवस्थामा पुगेका यहाँका एक नेपालीलाई उदयपुरेहरुले उद्दार गरी नेपाल फर्काएका छन्। रोजगारीको सिलसिलामा दुईवर्षदेखि कतारमा कार्यरत रहँदा मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका जिल्लाको पूर्वी बसाहा–बेलटार नगरपालिका ३ सातधारेका खम्बसिंह खत्रीलाई उदयपुरको संस्था ‘उदयपुर प्रवासी समाज, कतार’ को पहलमा नेपाल फर्काइएको हो।

२२ महिनाअघि कतार पुगेर कतारको राजधानी दाहाको साहिलियास्थित एक सप्लायर्स कम्पनीमा कार्यरत खत्री १० महिनादेखि मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका थिए। लामो समयदेखि कम्पनी टुटेपछि कामविहीन भएको र तलव पनि नपाएपछि घर फर्कन खोज्दा भिसा नपाएपछि कम्पनीमै बस्दै आएका ४६ वर्षीय खत्रीलाई भाडाको कोठामा घरधनीले ताला लगाई दिएपछि उनको मानसिक सन्तुलन गुम्न पुगेको त्यहाँको अस्पताललाई उद्धृत गर्दै उनीसँगै रहेका युवा चिन्तामणि गौतमले बताए।

गौतमका अनुसार सँगैका साथीहरु कम्पनी टुटेपछि आफूआफू बाटो लागे पनि त्यहीँ बसिरहेका खत्री कोठामा ताला लागेपछि भ्mयालबाट आउजाउ गर्ने तथा कसैले खान दिए खाने अन्यथा भोकै सुत्ने गर्दा गर्दै रोगले थलिएपछि उनलाई अस्पताल लाँदा मात्र मानसिक सन्तुलन गुमाईसकेको पत्ता लागेको थियो। उनको उद्दार र उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोगको आव्हान गरेपछि जिल्लाबासी अलपत्र परेको थाहा पाएर समाजले उनलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाएको समाजका महासचिव राजु राईले बताएका छन्।

‘कहिले सडक पेटीमा त कहिले बजारतिर बरालिएर हिँड्ने गरेको देखेपछि नेपाली युवाहरुले प्रहरी बोलाएर अस्पताल पठायौं’ गौतमलाई उद्धृत गर्दै समाजका सल्लाहकार होम बस्नेतले भने ‘अस्पताल पठाएपछि मात्र थाहा भयो, उनी त बौलाइसकेका रहेछन्।’ उपचारका लागि अस्पताल भर्ना गरिए पनि आफन्त र पैसा नभएको भन्दै उपचार नगरेपछि समाजले व्यक्तिव्यक्तिबाट चन्दा संकलन गरेर नेपाल पठाएको बस्नेतले बताए। त्यहाँ कार्यरत नेपाली पत्रकार रवि रोषीले उनको उद्धारका लागि सामाजिक सञ्जालमा अपिल  पोष्ट गरेपछि उनको उद्धारमा उदयपुर प्रवासी सेवा समाजले पहल थालेर घर पठाएको बस्नेतले बताए।

‘रोषीजीको अपिल देखेपछि हामीले तत्काल उनलाई भेटेर सोधखोज ग¥यौं,’ बस्नेतले भने, ‘उनका छोरा पनि कतारमै रहेको पत्तो लाग्यो। उनकै माध्यामबाट नेपाली दुताबास पुगेर आवश्यक कागजात तयार गरी कतार एरलाइन्सबाट नेपाल पठाएका छौं।’ समाजका महासचिव राईका अनुसार छोराले पनि घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले बाउको उपचार गर्न समस्या परेको सुनाएका छन् । उनले घर लगेर पनि उपचार गर्न नसक्ने अवस्था भएकाले सहयोगको याचना गरेका छन्।

लगभग १ वर्षदेखि मानसिक सन्तुलन गुमाएका खत्री पूरै असन्तुलित भइसकेको बस्नेतले बताए। उनको बोलीको टुंगो छैन, सुत्ने, खाने, बस्ने सबै असामान्य भएको बस्नेतले बताए। ‘मैले तपाँईलाई कस्तो छ ? अब घर जानुहोस् भनेँ’ खत्रीको अवस्थाबारे बस्नेतले भने, ‘जवाफमा उनले मलाई ठिक छ तपाँईले दिएको सुर्ती अझै छ, म नमरेसम्म त्यो सुर्तीले पुग्छ ।’ उनले आप्mना दुइटा खुट्टा भएको र कागजपत्र दिए हिडेरै नेपाल पुग्ने असामान्य जवाफ दिएको पनि बस्नेतले बताए।

दूताबासले उनलाई एक्लै जान नदिने भनेपछि छोरालाई साथ लगाएर पठाइएको छ। उनी कतार एयरलाईन्स्मार्फत बिहीबार राति नेपाल आईपुग्ने महासचिव राईले बताएका छन्। पछिल्लो समय विदेशी कामदारलाई कतार सरकारले आममाफीको कानुन ल्याएपछि खत्रीको उद्धार गर्न सजिलो भएको राईले बताए।

प्रकाशित: १८ कार्तिक २०७३ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App