coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनसुनी रेखा देशभर सक्रिय

काठमाडौं – मनसुनी रेखा देशभर सक्रिय रहेको हुँदा सोमबार पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ। जसको कारण मनसुनी गतिविधि देशभर सक्रिय छ।
 
मौसमवीद् राजु प्रधानांगले देशभर मनसुनी रेखा सक्रिय भएको बताउँदै सोमबार पनि देशभर बदली र वर्षाको सम्भावना कायमै रहेको बताए। ‘मनसुनी रेखा पूर्वबाट पश्चिमसम्म सक्रिय छ। जसबाट वर्षाको सम्भावना कायमै देखिन्छ। वर्षा नभएको ठाउँमा पनि बदली हुने छ,’ उनले भने। उनका अनुसार सोमबार काठमाडौमा पनि बदली र वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहको महाशाखाले जनाएको छ।

महाशाखाको आइताबर साँझको बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ दशमलब ५ मिलिमिटर वर्षा भएको थियो। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा विराटनगरमा भएको थियो। महाशाखाका अनुसार विराटनगरमा ९४ दशमलब ६ मिलिमिटर वर्षा भएको थियो भने जनकपुरमा ५८ दशमलब ४ मिलिमिटर वर्षा भएको थियो।

प्रकाशित: ३० असार २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App