coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इटहरीमा उद्योगी–व्यवसायीमाथि श्रृंखलाबद्ध निसाना

इटहरी–नौ वर्षअघि इटहरीका व्यापारी दम्पती कैलाश अग्रवाल र कान्ता अग्रवालको विभत्स हत्या भएपनि मुख्य दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। व्यापारी अग्रवाल दम्पतीको २०६४ चैत–८ गते विभत्र्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको थियो। अग्रवाल दम्पतीको हत्यामा संलग्न भएकोमा दुई जना पक्राउ परेपनि मुख्य दोषी भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

 २०६९ पुसमा इटहरी बजारका फेसन फिवर, धनलक्ष्मी ज्वेलर्स र चाँदनी गहना सेन्टरमा चोरी भएको थियो। त्यही समयमा इटहरीकै दाहाल कोल्ड स्टोर र मोवाइल डटकम पनि फोडेर चोरी भएको थियो।  

२०७० पुसमा इटहरीको ओम साई ज्वेलर्सका सञ्चालक दिपेश शंकरमाथि साँझ पसल बन्द गर्ने बेलामा एक समूहले गोली प्रहार गरेर भाग्यो । त्यो समूहलाई प्रहरीले धेरै मिहिनेत गर्दा पक्राउ गर्न सफल भयो।

तीन दिनअघि इटहरी–१ मा सञ्चालित दाहाल कोल्ड सेन्टरका सञ्चालक केदारप्रसाद दाहाललाई एक समूहले कुटपिट गर्यो । राति नौ बजेतिर इटहरी–१ कै ६४ वर्षीय दाहालमाथि कुटपिट हुँदा टाउँकोमा चोटपटक लागेको छ।

इटहरीमा विगत लामो समयदेखि उद्योगी–व्यवसायी असुरक्षित हुने एकपछि अर्को घटनाको श्रृखला थँपिदो छ।  जसले गर्दा उद्योगी–व्यवसायी असुरक्षित भएका जनाउँदै शान्ति–सुरक्षाको अवस्था मजबुद पार्न माग गरिएको छ।

उद्योग वाणिज्य संघ इटहरीका कार्यबाहक अध्यक्ष शैलेश बिष्ट नेतृत्वमा बिहीबार इलाका प्रहरी कार्यालय इटहरी पुगेको टोलीले उद्योगी–व्यवसायीले गरेको लगानी सुरक्षित गर्न र पछिल्लो समय व्यापारी दाहालमाथि भएको कुटपिटका दोषीलाई पत्ता लगाएर पक्राउ गर्न माग गर्यो । बिष्टले प्रहरी समक्ष भने, ‘उद्योगी–व्यवसायीलाई शान्ति–सुरक्षाको प्रत्याभूति गर्न र व्यापारी दाहालमाथि कुटपिट गर्नेलाई तत्काल पहिचान गरि पक्राउ गरेर कारबाही गर्न गरियोस्।’

उनले इटहरी तथा आसपासका क्षेत्रमा उद्योगी–व्यवसायीका लागि प्रहरीले विशेष सुरक्षा योजना ल्याउनुपर्ने बताए। पूर्वकै केन्द्रमा पर्ने  शहर इटहरीमा पछिल्लो समय अन्यत्रका लगानीकर्ता आकर्षित भएपनि शान्ति–सुरक्षा मजबुद पार्नुपर्ने उद्योगी–व्यवसायीको मुख्य माग रहेको कार्यबाहक अध्यक्ष बिष्टले जनाए।

इटहरी मदिरा व्यवसायी संघका उपाध्यक्ष अनुरोध थापाले उद्योगी–व्यवसायीमाथि निसाना बनाएर घटना हुने क्रम बढेपनि दोषी पक्राउ नपर्दा झन मनोबल बढेर अरु अनिष्ट घटना हुने खतरा रहेको बताए। ‘घटना श्रृखलाबद्ध रुपमा भइरहेका छन् अनि सुरक्षाको चिन्ताले गर्दा कसरी व्यापार–व्यवसाय गर्नु ?,’ थापाले भने।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी नरेशराज सुवेदीले भने पछिल्लो समय व्यापारी दाहाललाई कुटपिट गर्ने समूहका व्यक्ति चाँडै पक्राउ गर्ने बताए। उनका अनुसार व्यापारी दाहाललाई कुटपिट गर्ने समूहको हुलियाका आधारमा खोजी भइरहेको छ। प्रहरीले उद्योगी–व्यवसायीका लागि शान्ति–सुरक्षा दर्बिलो पार्ने पनि जनायो।

 

प्रकाशित: १८ कार्तिक २०७३ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App