coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जुम्ला–रारा म्याराथनको ‘प्रमोसनल रेस’ सुरु

जुम्ला–रारा प्रमोसनल रेसमा सहभागी खेलाडी। तस्बिरः नागरिक

जुम्ला– आगामी भदौ २९ गते हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ‘प्रमोसनल रेस’ आजबाट सुरु भएको छ। कर्णाली खेलकुद पर्यटनका हिसाबले सम्पन्न भएको प्रमाणित गर्न प्रमोसनल रेस सुरु गरिएको हो।

जुम्ला खलंगादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता कर्णालीमा दोस्रो पटक आयोजना हुन लागेको हो।  प्रमोसनल रेसमा ४९ किलोमिटरको जुम्ला–राराको म्याराथन भइरहेको छ। पाँच किलोमिटरको दौड जुम्ला बजारमा सम्पन्न भएको हो। यो सबै क्रियाकलाप भदौ २९ को म्याराथनको प्रचारप्रसार होस् भन्नका लागि गरिएको धावक हरिबहादुर रोकाया बताउँछन्।

पाँच किलोमिटरको दूरी २७ मिनेट ५० सेकेन्डमा पार गर्दै महिलातर्फ जुम्ला हिमा गाउँपालिकाकी १३ वर्षीया हिमाली शाही प्रथम भइन्। २२ मिनेट ५२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ चन्दननाथ नगरपालिकाका विनोद सुनार प्रथम भए। महिलातर्फ निरु रावत द्वितीय, अस्मिता सुनार तृतीय र निशा रावत सान्तवना भएको आयोजक कर्णाली खेलकुद क्लब जुम्लाले जानकारी दिएको छ।  त्यस्तै पुरुषतर्फ विवेक बुढा, प्रेम रावत र मदन बुढा क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए।

पाँच किलोमिटरको दूरीको प्रतियोगितामा कूल ८५ जनाले भाग लिएका थिए । ४९ किलोमिटरको जुम्ला–रारा प्रमोसनल रेसमा २० जना सहभागी छन्। प्रमोसनल रेसको पुरस्कार रारा तालमा वितरण हुने आयोजक कर्णाली स्पोट्सर्् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

यस वर्ष अक्टोबरमा अन्नपूर्णमा पहिलो पटक गोल्डेन ट्रेल वल्र्ड सिरिज हुँदैछ। ‘जसको क्वालिफाइ रेस जुम्ला–रारा अल्ट्रा म्याराथन हो,’ धावक हरिबहादुर भन्छन्, ‘खेलाडीको हौसला र खेल पर्यटनको लागि यो महत्वपूर्ण माध्यम बन्नेमा दुई मत छैन।’

भदौ २९ मा हुने दोस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने तीन महिला र तीन पुरुष अन्नपूर्ण गोल्डेन ट्रेल वल्र्ड सिरिजमा सहभागी हुन पाउनेछन्। प्रमोसनल रेस चन्दननाथ नगरपालिकाको चन्दननाथ मन्दिरबाट सुरु भएको थियो।

प्रकाशित: २९ असार २०७६ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App