४ वैशाख २०८१ मंगलबार
खेल

सेप्टेम्बरपछि प्रशिक्षण छाड्नेछु : ब्लेसिस

लन्डन – इङ्ल्यान्डका मुख्य प्रशिक्षक ट्रिभोर ब्लेसिसले विश्वकप र एसेस शृंखला जिते पनि प्रशिक्षणको जिम्मेवारीमा रहिरहने आफ्नो कुनै योजना नभएको बताएका छन्। ५६ वर्षे अस्ट्रेलियन प्रशिक्षक ब्लेसिसको इङ्ल्यान्ड क्रिकेट बोर्डसँगको सम्झौता सेप्टेम्बरमा समाप्त हँुदै छ। ‘मैले पहिल्यैबाट जस्तोसुकै नतिजा ल्याए पनि ४ वा ५ वर्षको प्रशिक्षण अवधि पर्याप्त हुने बताउँदै आएको छु,’ बिबिसीसँग कुरा गर्दै ब्लेसिसले भने, ‘अब नयाँ प्रशिक्षकले टोलीको जिम्मेवारी सम्हाल्ने समय आइसकेको छ। आशा छ, जारी उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोली नयाँ उचाइमा पुग्नेछ।’

ब्लेसिसले आफ्नो टोली साबिक विजेता अस्ट्रेलियामाथि बिहीबार ८ विकेटको सहज जितका साथ विश्वकप फाइनल प्रवेश गरे पनि आइतबार न्युजिल्यान्डविरुद्ध हुने फाइनल भिडन्तका लागि अझै सुधार आवश्यक रहेको बताएका छन्।

‘४ वर्षअघि अस्ट्रेलिया–न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकप इङ्ल्यान्डका लागि सुखद बन्न सकेको थिएन। तर हामीले घरेलु मैदानमा हुने प्रतियोगिताका लागि रामो तयारी ग¥यांै,’ ब्लेसिसले भने, ‘जुन सफल भयो। आशा छ, हामीसँग विश्वकप उपाधि उचाल्ने सुनौलो अवसर आएको छ र हामी त्यो साकार पार्न चाहन्छौं।’
‘प्रतियोगितामा जतिसुकै उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि जितेन भने त्यो प्रदर्शनको खासै अर्थ रहँदैन। खेलाडीहरू पनि यसबारे जानकार छन्,’ उनले थपे, ‘त्यसैले हामी सबै उपाधिमा केन्द्रित छौं।’

ब्लेसिसले २८ वर्षे ओपनर जसन रोय अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विवादमा मुछिए पनि त्यसले फाइनल खेलमा कुनै प्रभाव नपार्ने बताए। ‘इङ्ल्यान्डलाई अस्ट्रेलियाविरुद्धको खेल महŒवपूर्ण थियो। त्यसैले जसन रोयले अम्पायर कुमारा धर्मसेनाको निर्णयविरुद्ध अपिल गर्नु जायज हो,’ उनले भने, ‘यसले खेलप्रतिको उनको लगाव प्रमाणित गर्छ। आशा छ फाइनल खेलमा पनि टोलीले उत्कृष्ट खेललाई निरन्तरता दिँदै विश्वकप उपाधिको पर्खाइ तोड्नेछ।’५६ वर्षे अस्ट्रेलियन प्रशिक्षक ब्लेसिसको इङ्ल्यान्ड क्रिकेट बोर्डसँगको सम्झौता सेप्टेम्बरमा समाप्त हँुदै छ। उनले जस्तोसुकै नतिजा ल्याए पनि प्रशिक्षणबाट हात झिक्ने बताएका छन्।

प्रकाशित: २९ असार २०७६ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App