coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुवै टोलीलाई इतिहास बनाउने अवसर

लन्डन  – आयोजक राष्ट्र इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै आइतबार लड्र्समा हुने १२औं संस्करणको विश्वकप क्रिकेटको फाइनल आफ्नो बनाउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्न चाहन्छन्।

सेमिफाइनलमा इयान मोर्गानको कप्तानीमा रहेको इङ्ल्यान्ड साबिकको विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै सन् १९९२ पछि उपाधि भिडन्त तय गर्दा सन् २०१५ को उपविजेता न्युजिल्यान्डले भने बलियो टोली भारतलाई हराउँदै दोस्रो पटक फाइनलमा पुगेको थियो। इङ्ल्यान्ड पछिल्ला चार वर्षमा आफूले गरेको सुधारको योजनासहित आइतबार लर्ड्समा न्युजिल्यान्डलाई चुनौती प्रस्तुत गर्दै छ।

सन् २०१५ को संस्करणमा बंगलादेशसँग हारका साथै समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डले त्यसपछिका चार वर्षमा निकै सुधार गर्दा २७ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भयो। त्यो सुधारको प्रतिफल इङ्ल्यान्ड आइतबार पनि प्रयोग गर्ने योजनामा हुनेछ। इङ्ल्यान्डका कप्तान मोर्गानले गत संस्करणमा खराब नतिजाबाट बाहिरिँदा आफूले आगामी संस्करण फाइनल पुग्ने विश्वास दिलाउने प्रयास गर्दा एक जनाबाहेक सबै हाँसेको स्मरणसमेत गरे।

उनले इङ्ल्यान्ड क्रिकेट बोर्डका पूर्वनिर्देशक एन्ड्य्रु स्ट्य्रुसले मात्र आफ्नो योजनाप्रति गत  संस्करणमा सहमति जनाएको उल्लेख गरे। मोर्गानका ती सबै दाबी सही साबित हुँदा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा शीर्ष स्थानमा बनाउनुका साथै विश्वकपको सेमिफाइनलमा साबिकको विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै इतिहास बनाउनका लागि एक कदम पछि पुग्यो। घरेलु टोलीलाई सन् १९९२ पछि पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पु¥याउन इङ्ल्यान्डले विश्वकपअगाडि मात्र केही निर्णयहरू लिएको थियो।

जस क्रममा इङ्ल्यान्डले निकै कम अनुभवका बावजुद युवा बलर जोफ्रा आर्चरलाई विश्वकपको टोलीमा सामेल ग¥यो। टोलीको आशाअनुरूप नै आर्चरले निकै उत्कृष्ट बलिङसमेत गरे। जुन प्रदर्शन आर्चरले अस्ट्रेलियाविरुद्ध पनि गरे। आर्चरले क्रिस वक्ससँग राम्रो बलिङ साझेदारी गरेपछि अस्ट्रेलिया १४ रनमा तीन विकेटको पतनको स्थितिमा पुगेको थियो।

लेग स्पिनर आदिल रसिदले पनि मध्यक्रमका ब्याट्सम्यानलाई आउट गर्दा सेमिफाइनलमा अस्ट्रेलियाले मुस्किलले २ सय रनको योगफल पार ग¥यो। सोही खेलमा ओपनर जेसन रोय र जोनी बेयस्र्टोले यस विश्वकपमा इङ्ल्यान्डका लागि सबैभन्दा राम्रो सुरुआत दिलाउने क्रममा सय रनको ओपनिङ साझेदारी गरेका थिए। यो जोडीसँग जो रुट, कप्तान मोर्गान, जस बट्लर र बेन स्टोक्स जितका मुख्य हतियारहरू हुन्।

आइतबार न्युजिल्यान्डसँगको फाइनलमा पनि यी खेलाडीले व्यक्तिगत प्रदर्शनबाट इङ्ल्यान्डलाई इतिहासिक सफलता दिलाउन मद्दत गर्नेछन्। इङ्ल्यान्डका लागि यस विश्वकपमा सबैभन्दा बलियो पक्ष उनीहरूको उच्च आत्मबल हो। लिग चरणदेखि सेमिफाइनलसम्मका खेलमा इङ्ल्यान्ड निश्चिन्त भएर खेलेको थियो। यद्यपि, इङ्ल्यान्डले समूह चरणमा पाकिस्तान, श्रीलंका र अस्ट्रेलियासँग हार बेहोरेको थियो। तर, सेमिफाइनलमा भने उचो मनोबलका साथ खेलेको इङ्ल्यान्डले १ सय ७ बलअगावै अस्ट्रेलियालाई घुँडा टेक्न बाध्य बनायो। यता, न्युजिल्यान्डले बलिङमा निकै राम्रो गरे पनि ब्याटिङमा केन विलियम्सनबाहेक अन्यको प्रदर्शनमा भने उतारचढाव रह्यो। यद्यपि, विलियम्सनलाई मध्यक्रमबाट रोस टेलरले साथ दिइरहेका छन्। हालसम्म दुवैले विश्वकपको उपाधि भने जितेका छैनन्। तर, सन् २०१५ को विश्वकप संस्करणमा भने न्युजिल्यान्डले इङ्ल्यान्डलाई आधुनिक एकदिवसीय क्रिकेट कसरी खेल्ने भन्ने पाठ सिकाएको थियो। त्यो विश्वकपको समूह चरणमा इङ्ल्यान्डलाई १ सय २३ रनमा समेट्दा न्युजिल्यान्डले १२.२ ओभरमा लक्ष्य पूरा गरेको थियो। मोर्गानको नजर त्यो विश्वकपमा इङ्ल्यान्डलाई निकै पीडादायी बनेको थियो। ‘एक कप्तान र खेलाडीका रूपमा मैले पहिलो पटक त्यस्तो स्थितिको सामना गरें,’ मोर्गानले भने, ‘जुन मेरो लागि निकै पीडादायी क्षण थियो।’

यद्यपि, जारी विश्वकपको लिगमा चरणमा न्युजिल्यान्डमाथि १ सय १९ रनको फराकिलो जित निकाल्दै इङ्ल्यान्डले गत संस्करणको बदला भने लियो। तर, आइतबारको फाइनलमा भने इङ्ल्यान्डले सोचेजस्तो परिस्थिति नआउन सक्छ। न्युजिल्यान्डले यो पटकको फाइनलमा गत संस्करणको अधुरो सपना पूरा गर्न कुनै कसर छोड्ने योजना छैन।तर त्यसका लागि न्युजिल्यान्डका कप्तान विलियम्सन र टेलरबाहेक अन्यको ब्याटिङ प्रदर्शनमा पनि सुधार आउनुपर्नेछ। बलिङमा भने न्युजिल्यान्डले सन्तुलित प्रदर्शन गरिरहेको छ। ट्रेन्ट बोल्ट, लकी फर्गुसन, म्याट हेनरी र मिचेल सान्टनरको उत्कृष्ट बलिङ आक्रमण न्युजिल्यान्डको बलियो पक्ष हो।

भारतविरुद्धको सेमिफाइनलमा पनि बलिङको उत्कृष्ट प्रदर्शनबाट न्युजिल्यान्डले फाइनलको यात्रा तय गरेको थियो। न्युजिल्यान्ड टेलरले फाइनल खेल्नु जस्तो उत्कृष्ट क्षण अन्य समयमा नहुने बताउँदै यस पटक त्यो क्षणलाई यादगार बनाउने विश्वास व्यक्त गरेका छन्। न्युजिल्यान्ड र इङ्ल्यान्ड विश्वकप क्रिकेटमा हालसम्म ९ पटक आमनेसामने भएका छन्। जसमा न्युजिल्यान्ड हाबी हुँदा पाँच पटक नतिजा आफ्नो बनाएको छ।   

इङ्ल्यान्डका कप्तान मोर्गन र न्युजिल्यान्डका कप्तान विलियम्सनलाई आइतबार पहिलो पटक विश्वकपको उपाधि उचाल्दै राष्ट्रको नायक बन्ने अवसर हुनेछ। ३२ वर्षे कप्तान मोर्गानले आइतबार गत संस्करणको समूह चरणमा बेहोरेको हारलाई छोप्न दिने नभएको बताउँदै भविष्य खोज्ने दिनको रूपमा रहेको उल्लेख गरे। यता, न्युजिल्यान्डका कप्तान विलियम्सनले यसै विश्वकपको समूहचरणमा बेहोरेको हारका कारण फाइनलमा असर नपर्ने बताए। ‘यस विश्वकपमा सबैले सबैलाई हराउने स्थिति बन्यो,’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘त्यसैले हरेक पटक मैदानमा जसले पूर्णरूपमा प्रदर्शन दिन सक्दछ। नतिजा उसको पक्षमा हुनेछ।’लिग चरणदेखि सेमिफाइनलसम्मका खेलमा इङ्ल्यान्ड निश्चिन्त भएर खेलेको थियो। यद्यपि, इङ्ल्यान्डले समूह चरणमा पाकिस्तान, श्रीलंका र अस्ट्रेलियासँग हार बेहोरेको थियो।

प्रकाशित: २९ असार २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App