coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्सनल कप्तानद्वारा अमेरिका भ्रमण अस्वीकार

लन्डन – आर्सनलका कप्तान लाउरेन्ट कोस्चिल्नेले प्री सिजनका लागि निर्धारित अमेरिका भ्रमण अस्वीकार गरेका छन्। ३३ वर्षे फ्रान्सेली रक्षकको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यपछि सकिँदै छ। कोस्चिल्नेले नयाँ सिजनका लागि फ्रान्सेली क्लब बोरड्युक्स, रिनेश र लियोनसँग छलफलमा रहेको बताइएको छ।

‘हामी कप्तान लाउरेन्ट कोस्चिल्नेको कदमबाट निराश छांै। जुन दुई पक्षबीचको सम्झौताविपरीत छ,’ आर्सनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले यो समस्या समाधानका लागि उनीसँग निरन्तर छलफलमा छौं। त्यसैले अहिले यसबारे विस्तृत बताउन असमर्थ छौं।’

फ्रान्सेली सञ्चारमाध्यममा बोरड्युक्सले गत साता कोस्चिल्नेलाई ३ वर्षको सम्झौता प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो। कोस्चिल्ने २०१० मा आर्सनलमा भित्रिएका थिए। उनले आर्सनलबाट ३ सय ५३ खेल खेलेका छन् र यस क्रममा २०१३–१४ तथा २०१४–१५ सिजन गरी २ पटक एफए कपको उपाधि जितेका छन्। गत सिजन उनले क्लबबाट ३० खेलमा सहभागिता जनाएका थिए।

आर्सनलले गत सिजनको सुरुआतबाटै कोस्चिल्नेसँगको सम्झौता नवीकरण प्रयास भइरहेको र आपूmहरूबीचको छलफल सकारात्मक भएको बताउँदै आएको छ। तर कोस्चिल्नेले गत सिजनको समरलगत्तै क्लबबाट सम्झौता अवधिअगावै फुकुवा गरिदिन आग्रह गरेका थिए। आर्सनलले उनको प्रस्ताव अस्वीकार गरेको थियो। पछिल्लो केही साता कोस्चिल्ने र क्लबबीच नयाँ सम्झौताका लागि छलफल जारी रहे पनि दुवै टोली निस्कर्षमा भने पुगिनसकेको बताइएको छ। आर्सनल बुधबार प्रिसिजनका लागि अमेरिका भ्रमणमा निस्कने तालिका थियो। उनले अन्तिम समयमा आएर भ्रमणमा सहभागी नहुने निर्णय गरेका थिए। आर्सनलले यो सम्झौताविपरीत भएको बताए पनि उनको कप्तानी भने अझै कायम छ।
 

प्रकाशित: २९ असार २०७६ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App