coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साताभरिमा अढाइ अर्बको सेयर कारोबार

काठमाडौं – गत साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो। सातामा पाँच दिन खुलेको बजारमा एक सय ७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६ सय १६ कित्ता सेयर दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजारमा किनबेच भएको छ।

साताको पहिलो दिन आइतबार नै कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार त्यस दिन नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर १२५६.०४ मा आयो।

एक सय ७३ कम्पनीको २२ लाख १६ हजार चार सय ९३ कित्ता सेयर ५४ करोड पाँच लाख २९ हजारमा खरिद–बिक्री भए। सोमबार पनि नेप्से ओरालो लाग्ने क्रम जारी रह्यो। सो दिन नेप्से ८.७० बिन्दुले घटेर १२४७.३५ मा आयो। नेप्से घट्दा कारोबार रकम भने झण्डै ६० करोड हाराहारी रह्यो। एक सय ७१ कम्पनीको २९ लाख १० हजार एक सय ५३ कित्ता सेयर ५९ करोड १० लाख ५३ हजारमा किनबेच भएको स्टकले जनाएको छ।

दुई दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार भने थोरै उकालो लाग्यो। २.९२ बिन्दुले बढेर १२५०.२७ मा पुग्यो। परिसूचक बढे पनि कारोबार रकममा भने खासै प्रगति देखिएन। स्टकका अनुसार उक्त दिन एक सय ६५ कम्पनीका १६ लाख सात हजार ६ सय ७२ कित्ता सेयर ४६ करोड ८२ लाख ६३ हजारमा खरिद–बिक्री भए।

बुधबार नेप्से फेरि ओरालो लाग्यो। उक्त दिन १.१२ बिन्दुले घटेर परिसूचक १२४९.१५ कायम भयो। सो दिन एक सय ६८ कम्पनीका २९ लाख ९८ हजार नौ सय ४७ कित्ता सेयर ५७ करोड ३४ लाख ४७ हजारमा किनबेच भयो।

परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औसतमा समेटिएको छ। एक सय ७२ कम्पनीको १६ लाख ५४ हजार दुई सय ५१ कित्ता सेयर ४६ करोड ३६ हजारमा किनबेच भयो।रासस

प्रकाशित: २९ असार २०७६ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App