७ वैशाख २०८१ शुक्रबार
समाज

भारतले बाँधको दुई साइफल खोलेपछि पानीको सतह घट्दै

रौतहट - तीन दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घट्न थालेको छ।

भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको हो। लाल बकैया र  बागमतीको बाँध  भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो। ८० प्रतिशत पानी घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव एक हजार बढी घर भत्केका छन्। स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिएका हुन्।

प्रकाशित: २९ असार २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App