८ वैशाख २०८१ शनिबार
कला

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान

काठमाडौं – यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना स्रष्टाहरूलाई प्रदान गरिएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गीतकार बुद्धवीर लामालाई गीत रचनातर्फको छिन्नलता पुरस्कार प्रदान गरेका थियो।

छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा तीर्थकुमारी थापालाई ५० हजारसहित विशेष सम्मान गरिएको थियो। त्यस्तै छिन्नलता गीत पुरस्कार गायनतर्फ यम बरालले प्राप्त गरेका थिए। संगीततर्फ बद्री खरेल र दुर्गा खरेललाई संयुक्त रुपमा रु ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो।  

नवप्रतिभा पुरस्कारतर्फ प्रकाश सपूत र शान्तिश्री परियारलाई संयुक्त रुपमा ४० हजार र सम्मानपत्रले प्रदान गरियो।     गीतकार रमोलादेवी शाह छिन्नलताको ९७ औँ जन्मजयन्तीका अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कलाकारिता राजनीतिक क्षेत्रका अगुवालाई समेत दिशानिर्देश गर्ने बताएका थिए। सम्मानित गीतकार लामाले गीत संगीतले राजनीतिक परिवर्तन ल्याउनमा समेत भूमिका खेल्ने बताएका थिए।

प्रकाशित: २९ असार २०७६ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App