coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झपडमा २६ तालिबान मारिए

काबुल – अफगानिस्तानको उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा अधिकारी र तालिबान  लडाकुबीच भएको झपडमा परी कम्तीमा २६ तालिबान मारिएको सरकारी स्रोतले शनिबार जानकारी दिएको छ। तालिबान समर्थक लडाकुको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए। उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा कम्तीमा २० लडाकु मारिएका हुन्।

मारिएका ती लडाकुमा केही स्थानीय नेतासमेत रहेको र दुई स्थानीय नेता घाइते भएका सो प्रान्तको सेनाका प्रवक्ता मोहमद हानीफ रेजले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। तखार प्रान्तको कार्कीन जिल्ला कब्जा गर्नको लागि तालिबान लडाकु समूह लामो समयदेखि संघर्षरत छ तर यस पटक सरकारी सुरक्षाबलले गरेको कडा प्रतिकारको कारण तालिबान सफल हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ। यद्यपि यस झडपको क्रममा एक सुरक्षा अधिकारी मारिनुको साथै अन्य दुई घाइते भएका छन्।

तखार प्रान्तको नमाकाब जिल्लामा पनि छ तालिबान लडाकु मारिनुको साथै तीन घाइते भएका प्रेस अधिकारी गुलाम हज्रात कारिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। झडपको क्रममा केही तालिबान लडाकु पक्राउ पनि परेका छन्। यस विषयमा अफगान सरकारसँग युद्धरत तालिबान लडाकु समूहले हालसम्म केही टिप्पणी गरेको छैन।

प्रकाशित: २९ असार २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App