coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘शान्ति सेनाको संख्या बढाउन नेपाल तयार’

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आग्रहमा थप शान्ति सैनिक खटाउन तयार भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘चिफ डिफेन्स स्टाफ कन्फेन्स’मा बोल्दै प्रधानसेनापति थापाले सो बताएका हुन्। प्रधानसेनापति थापाले नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघको परिधिभित्र रहेर खेलिरहेको नेतृत्वदायी भूमिकाबारेमा प्रकाश पारेका थिए।

प्रधानसेनापति थापाले नेपाली सेनाले द्वन्दरत क्षेत्रहरुमा शान्ति र सुरक्षा कायम गर्न अहोरात्र खटिरहेको बताए। त्यसका लागि आवश्यक परे पथ सैनिक खटाउन नेपाल तयार रहेको उनले बताएका थिए। हाले नेपाली सेनाका पाँच हजार ६३ सैनिक शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ मातहतका विभिन्न मिसनमा खटिएका छन्। शान्ति सेनामा नेपाली सेनाको स्थान पाँचौं स्थानमा रहेको छ। एक सय ८ भन्दा बढी सदस्य मुलुकको सहभागिता रहेका कार्यक्रममा शान्ति कायम गर्नका लागि क्षमता अभिवृद्धि र शान्ति सेनामा महिलाको संख्या बढाउनेलगायतका विषयलाई प्राथमिकताका साथ चर्चा गरिएको थियो।

प्रकाशित: २९ असार २०७६ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App