७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्ण खोप सुनिश्चितता नगर घोषणा

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो। ११ वडा रहेको नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनाभित्रका पाँच सय ५४ बालबच्चाले ११ महिनाको उमेरभित्रमा राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताए।

खोटाङलाई २०७४ पुस १४ गते ३१औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। रोगको कारण, रोग लाग्ने दर, अपांग दर र मृत्युदरमा कमी ल्याई बालबच्चालाई स्वस्थ बनाउने उद्देश्यले पूर्ण खोप सुनिश्चितता नगर घोषणा अभियान चलाइएको उपमेयर विमला राईले बताइन्। सो कार्यक्रम सफल बनाउन योगदान पु¥याएका ११ स्वास्थ्यचौकी र दुई सहरी स्वास्थ्य केन्द्रलाई प्रशंसा–पत्र प्रदान गरिएको छ। यस्तै उत्कृष्ट खोप कार्यकर्तामध्ये च्यास्मिटार स्वास्थ्यचौकीकी भगवती बिकलाई प्रशंसापत्रसहित सम्मान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
 

प्रकाशित: २९ असार २०७६ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App