coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लक्ष्यभन्दा १० प्रतिशत बढी मुद्दा फर्स्याेट

मकवानपुर - उच्च अदालत पाटन, हेटौंडा इजलासले चालू आव २०७५÷७६ सकिनै लाग्दा लक्ष्यभन्दा १० प्रतिशत बढी मुद्दा फस्र्योट गरेको छ। हेटौंडा इजलासले एक वर्षको अवधिमा कुल मुद्दाको ७० प्रतिशत लक्ष्य राखे पनि ७९ दशमलव ४९ प्रतिशत मुद्दाको फस्र्योट गरेकोे जनाएको हो। हेटौंडामा सञ्चारकर्मीसँग आयोजित अन्तत्र्रिmयामा चालू आवको हालसम्म एकक सय ५५ मुद्दा फैसला गरेको उच्च अदालत पाटन, हेटौंडा इजालसका रजिस्ट्रार विकास श्रेष्ठले बताए। कुल एक हजार चार सय ५३ मध्ये दुई सय ९८ वटा मुद्दा बाँकी रहेको उनको भनाइ छ।

गत आवका बाँकी दुई सय ९४ मुद्दा जिम्मेवारी सरेर आएको उच्च अदालत पाटन हेटौंडा इजलासमा चालू आवमा एक हजार एक सय ५९ वटा मुद्दा परेका थिए।

गत आवका बाँकी दुई सय ९४ मुद्दा जिम्मेवारी सरेर आएको उच्च अदालत पाटन हेटौंडा इजलासमा चालू आवमा एक हजार एक सय ५९ वटा मुद्दा परेका थिए। सो इजलासका मुख्य न्यायाधीश टेकराज नेपालले कार्ययोजना बनाएर काम गरेकाले थोरै न्यायाधीश हुँदा पनि राम्रो प्रतिफल आएको दाबी गरे।

हेटौंडा इजलासमा सबैभन्दा बढी सरकारवादी फौजदारीमा सात सय ९० मुद्दा परेकामा ६ सय ५१ मुद्दाको फस्र्योट भई एक सय ३९ बाँकी रहेको रजिस्ट्रार श्रेष्ठले बताए। साथै चालू आवमा सरकारवादी देवानी, संक्षिप्त देवानी÷फौजदारी र रायबाझीतर्फ कुनै मुद्दा नै परेनन् भने गत आवमा पनि कुनै मुद्दा बाँकी थिएनन्।
दुनियाँवादी देवानीतर्फका तीन सय १६ मध्ये दुई सय ४२ को फस्र्योट भई ७४ वटा मुद्दा बाँकी रहेका छन् भने दुनियाँवादी फौजदारीतर्फ एक सय ७९ मुद्दामध्ये एक सय ३८ फस्र्योट भई ४१ बाँकी रहेका छन्। साथै परमादेशतर्फ १७, बन्दी प्रत्यक्षीकरणमा पाँच र साधकमा तीन मुद्दा परे पनि सबै फस्र्योट भइसकेको हेटौंडा इजलासले जनाएको छ।

निषेधाज्ञातर्फ ६० मुद्दामा ४८, वाणिज्यतर्फ ४४ मा २३, उत्प्रेषणतर्फ २८ मा २३, करार र अवहेनातर्फ सातमा चार तथा सुरु देवानी फौजदारीमा चार मुद्दामा एकको फस्र्योट भइसकेको जनाइएको छ। न्यायाधीश पुष्पराज कोइरालाले मकवानपुर र चितवन कार्यक्षेत्र रहेको हेटौंडा इजलासमा १८ महिना नाघेका मुद्दा पाँचवटा मात्र रहेको बताए। न्यायाधीश महेन्द्रनाथ उपाध्यायले पुनरावेदन, रिट तथा बैंकिङ र वाणिज्य क्षेत्रको सुरु क्षेत्राधिकारका मुद्दा हेटौंडा इजलासले हेर्ने गरेको बताए।

प्रकाशित: २९ असार २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App