६ वैशाख २०८१ बिहीबार
अन्य

तराई झरे एमाले नेता

फाइल तस्बिर ।

काठमाडौं–मधेसी  दलका नेताले मधेस विरोधी भन्दै प्रचार गरिरहेका बेला एमालेका नेताहरु मधेस झरेका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी पार्टीका  निसाना बनाउँदै आएका थिए। एमालेले संविधान कार्यान्वयनका लागि देशव्यापी रुपमा सुरु गर्ने चार महिने अभियान मधेसमा जनकपुरबाट सुरु गरेको  एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

बिहीबार एमालेका नेताहरु झलनाथ खनाल, माधव नेपाल, इश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सत्यनारायण मण्डललगायतका नेता जनकपुर पुगेका छन्। जनकपुरमा एमालेले मधेसप्रतिको आफ्नो धारणा बनाउने सचिव भट्टराईले जनाए। जकपुरस्थित एमाले पार्टी कार्यालयमा छठको अवसरमा चियापान कार्यक्रम संचालन भइरहेको छ। कार्यक्रममा अध्यक्ष ओली पनि जाने कार्यक्रम भएपनि भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग भेट गर्ने कार्यक्रम भएका कारण जनकपुर जान नसकेको एमालेले जनाएको छ।

गत वर्ष पनि एमालेले मधेसमा कार्यक्रम गर्न खोज्दा पार्टी कार्यालयमा आन्दोलनकारी मधेसी मोर्चाले तोडफोड गरेका थिए। मधेसी मोर्चाका मागप्रति एमाले नकारात्मक भएको भन्दै मधेसमा एमालेलाई निषेध गर्दै आएका थिए।    एमालेले संविधान कार्यान्वयन गर्ने संविधानका विषयमा मधेसी जनतासँग साक्षात्कार गर्ने जनाएको छ। संविधान संशोधनप्रति एमाले नकारात्मक भएको भन्दै मधेसी मोर्चाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएका थिए। तर दाहाल प्रधानमन्त्री निर्वाचित भएको तीन महिना भइसक्दासमेत संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुन सकेको छैन। एमालेले भने औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउँदै आएको छ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App