८ वैशाख २०८१ शनिबार
समाज

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

बाढी प्रभावित कमलामाई नदी क्षेत्रमा डुबानमा परेका बस्तीहरु । तस्बिरः नेपाली सेना

काठमाडौं– शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्। 

प्रहरी प्रधान कार्यालयले शनिबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार ललितपुर र भोजपुरमा ५/५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ, झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा १/१ जनाको मृत्यु भएको छ। मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष छन्।

त्यस्तै, बेपत्ता २४ जनाको खोजी कार्य जारी छ। सिन्धुलीमा ६ जना, इलाम र मोरङमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं र ललितपुरमा १/१ जना गरी २४ जना बेपत्ता रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

त्यसैगरी प्रहरीले ११ सय ४ जनाको उद्धार गरेको छ। महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १८५ जना, सर्लाहीमा एक सय जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बाढी पहिरोमा परी २० जना घाइते छन्। मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बाढी पहिरो तथा डुवानबाट प्रभावित तथा पीडितको उद्धार तथा राहतका लागि काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कुल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू खटिएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्रकाशित: २८ असार २०७६ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App