७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले बगाएर डोल्पामा एकको मृत्यु, ९ जना बेपत्ता

डोल्पा– डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १ २ र ३ मा पर्ने काँसिला खोलामा आएकोे बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन्।

मृत्यु हुनेमा ४३ वर्षीय धर्मराज बोहरा रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए। बाढीले स्थानीय जलविद्युत आयोजना र १० वटा पानी घट्ट र ३ वटा घरसमेत बगाएको छ। बाढीले बेपत्ता बनाएका मानिसहरुको खोजी कार्य चलिरहेको र उद्धारमा स्थानीय जुटिरहेको बताइएको छ।

घटनास्थल सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्छ। थप उद्धारको लागि सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पठाइएको प्रमुख जिल्ला अधिकारी केसरीले बताए।

प्रकाशित: २८ असार २०७६ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App