शिल्पा किन रोइन? भावुक शब्दमा केकीले खुलाइन कारण

शनिबार, २८ असार २०७६, १९ : ५७ नागरिक संवाददाता

काठमाडौं– अभिनेत्री केकी अधिकारीले शिल्पा पोखरेलमाथि भएको हिंसाको विरोध गरेकी छिन्। केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री शिल्पामाथि उनका श्रीमान तथा फिल्म निर्माता छविराज ओझाबाट भएको भनिएको घरेलु हिंसातर्फ संकेत गर्दै भावनात्मक तर यथार्थपरक टिप्पणी गरेकी छिन्। 

शिल्पाले एक अन्तर्वार्तामा आफूमाथि ३ वर्षदेखि हिंसा भइरहेको र त्यसमा के के सम्म गरियो भनेर खुलाएको कुरालाई समेत सांकेतिक रुपमा उल्लेख गर्दै केकीले शीर्षकमा लेखेकी छिन्, ‘उनी रोइन्। मैले जे भोगेकी छु, जे सहेकी छु, मलाई मात्र थाहा छ। यति भन्दै उनी रोइन्। उनी किन रोइन?’

शिल्पा किन रोइन भन्ने कारण केकीको फेसबुक स्टाटसमा पाइन्छ। छविविरूद्धकाे उजुरीमा महानगरीय प्रहरी परिसरमा मिलापत्रपछि बाहिरिने क्रममा शिल्पा सञ्चारकर्मीकै अगाडि राेएकी थिइन्। त्यसपछाडि प्रकाशित एक अन्तर्वार्तामा शिल्पाले विहेकाे एक महिनापछि नै छविकाे रूप फेरिएकाे र हरेक कुरामा शंका गर्ने गरेकाे तथा घटना भएकाे दिन घाटी थिचेर मार्न खाेजेपछि भागेर दाइकाे घर पुगेकाे उल्लेख गरेकी थिइन। उनले आफूमाथि भएको सबै हिंसा सो अन्तर्वार्तामा खुलाएकी थिइन। त्यतिमात्र होइन बाहिर महिला सशक्तिकरणको कुरा गर्ने रेखा थापाले पनि छोरी मान्छे यस्तै हो भन्दै छविराजको हिंसा सहेको कुरा पनि खुल्याे। 

केकीको फेसबुक प्रतिक्रियाः

ऊनी रोईन्।

मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोईन्। उनी किन रोईन्?

उनी रोईन् किनकी वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोईन् किनकी आज एकैछिन् अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो। उनी रोईन् किनकी वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ , दण्ड दिने हुकुम होइबक्सदोरहेछ। उनी रोईन् किनकी बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ। उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोईन् किनकि उनी मोफसलमा जन्मिएकि हुन्। शहरको ढंग उनले जानिन छिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा सिक्दै त्रुटिहरु गरिछिन्। उनी रोईन् किनकी तरकारीमा आज नून कम भएछ। उनी रोईन् किनकि उनीसँग भान्सा कोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।

उनी रोईन् किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ। सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोईन् किनकी उनी दाईजो कम ल्याउने बुहारी परिछिन्। उनी रोईन् किनकी उनी असल आमा हुनसकिनछिन् । उनी रोईन् किनकी उनी असल ठूली आमा हुन्। सानीमा हुन्। आमा होईनन्। बाँझी हुन्। उनी रोईन् किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोईन् किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ। उनी रोईन् किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।

उनी रोईन् आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दूर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोईन् किनकी आज उनको नानीलाई सानो चोट लाग्यो। त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोईन् किनकी उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ। उनी रोईन् किनकी उनी भीडमा पनि एक्लै छिन्। उनी रोईन् किनकी उनी सँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ। उनी रोईन् किनकी सहनशिलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ।

उनी रोईन् किनकी उनले आज न्याय माग्ने हिम्मत गरिन्। उनी रोईन् किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाईनन्। उनी रोईन् किनकि थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाँउछौ भनेको सुनिनन्। ऊनी रोईन् किनकी उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त?

उनी रोईन् किनकी उनीले जे भोगेकि छिन्। जे सहेकी छिन्। उनीलाई मात्र थाहा छ।

(तपाँई हामी बीच भएका सबै ‘उनी’ हरुलाई घरेलू हिंसा बिरुध्द बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।)

केकी अधिकारी
१३.०७.२०१९






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad