coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सामुहिक बलात्कार भोगेकी महिला जब र्याम्पमा उत्रिइन्...

इस्लामाबाद– करिब १४ वर्षअघि सामुहिक बलात्कारमा परेकी तथा निर्वस्त्र घुमाइएकी एक महिलाले पाकिस्तानको एक फेसन शोमा ¥याम्प वाक गरेकी छन्। एक स्थानीय आदीवासी कानूनअनुसार १४ वर्षअघि पाकिस्तानी महिला मुख्तर माईलाई सामुहिक बलात्कारको सजाय सुनाइएको र सदाय दिइएको थियो। त्यतीबेला उनलाई दिइएको सजायको फैसलामा भनिएको थियो, ‘मुख्तर माईलाई सामुहिक बलात्कार गरी विना कपडा घुमाइयोस्।’

तर हौसला र महिला शक्तिको उदाहरण नै मानिएकी मुख्तरले हार मानिनन्। ४४ वर्षीया मुख्तर जब ¥याम्पमा आईन्, दर्शक सबैले तालीको गडगडाहटले उनको स्वागत गरे। उनलाई अन्य मोडलहरुले साथ दिएका थिए।

मिडियाको सामुन्ने आएर माईले भनिन्, ‘यदि मेरो एक कदमले कुनै महिलालाई सहयोग हुन्छ भने यो मेरालाई निकै खुसीको कुरा हो।’ अदम्य महिला साहस र शक्तिको पर्याय नै बनेकी मुख्तार मिडिया सामुन्ने आएपछि उनीसँग सेल्फी खिच्नेको भिड नै जम्मा भएको थियो। सबैले उनको उज्जवल भविष्यका लागि शुभकामना दिए।

मुख्तरले भाग लिएको फेशन शो महिला उत्पिडन र कट्रपन्थीलाई चुनौति दिन सन् २००९ मा शुरु गरिएको एउटा अभियान थियो।

‘म ती सारा महिलाहरुको साथमा छु, जसका साथ अन्याय भएको छ, उनीहरुले आफूलाई एक्लो नसम्झिउन्। हामी पनि कमजोर छौनौं, हामीसँग पनि दिल र दिमाग छ।’

उनले आफूसँग भएको अन्यायको विरोधमा सर्वोच्च अदालतसम्म पुगेर मुद्दा लडिन्। अपराधी सबैलाई सजाय दिलाइन्। यद्यपी, उनीमाथि सन् २००२ मा अत्याचार गर्ने ती अपराधीहरु हाल जेलबाट छुटिसकेका छन्।

हाल मुख्तर आफ्नो गाउँ मिरवालामा एक महिला स्वयंसेवी संस्था र एक महिलाहरुलाई पढाउने एक विद्यालय सञ्चालन गरिरहेकी छन्।

प्रकाशित: १८ कार्तिक २०७३ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App