७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

सिन्धुलीको खनियाखर्क नजिकै गएको पहिरो ।

सिन्धुली– अविरल बर्षाका कारण सिन्धुलीका दुई छुट्टाछुट्टै घट्नामा २ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण कमलानदीमा आएको बाढीले दुधौली नगरपालिका १ डकाहामा बस्ने ६ जनाको परिवार नै बगाँउदा १ को बालकको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन्। यस्तै दुधौली नगरपालिका १२ जिनाखुमा एक घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका छन्। 

कमलानदीमा आएको बाढीले दुधौली नगरपालिका वडा नं. १ डकाहा बजारको नजिककै कमला नदीको किनारमा त्रिपाल टाँगेर बस्ने एक परिवारलाई कमला नदीले बगाउँदा सर्लाही घर बताउने रेणु कापरीको ३ वषीय छोरा कार्वन कापरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मृतक बालकको दुधौली नगरपालिका ४ बैरामा शब फेला परेको हो। रेणुकै एक बर्षिय छोरा सर्गम र ७ बर्षिय छोरा आधि कापरी बेपत्ता भएका छन्। 

यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर वताउने मिथुन कापरीको ६० बर्षिय फुपु मरणी कापरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले वगाएका मिथुन कापरी, रेणु कापरीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो। यस्तै दुधौली नगरपालिका १२ जिनाखु बुनिटार बस्ने बर्ष ४० को हिराबहादुर पौडेलको घरमाथिबाट खसेको पहिरोले घर पुर्दा हिराकी श्रीमती बर्ष ३० की सिता पौडेल, उनकै छोरी बर्ष १० की सविता पौडेल र छोरा सागर पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी सिंहले जनाए। सो पहिरोमा ३ ओटा बाख्रा र दुईओटा खसी समेत पुरेको छ।  त्यस्तै दुधौली न.पा. १ कै हाटगाँउ बस्ने जितबहादुर सार्कीको गोठमा सुति रहेको अवस्थामा नदिले गोठ बगाएको छ। सार्की भने भागेर रुख चढेर बाँच्न सफल भएको स्थानियले बताए। अविरल बर्षाका कारण नदिको वहाव बढेको कारण नदी किनारमा बस्ने स्थानीय वासी निक्कै त्रसित वनेका छन्। 

अविरल बर्षाका कारण सुनकोशी नदि, कमला नदि, मरिण खोला तथा अन्य खोलाका किनारामा बस्ने बासिन्दाहरु जोखिममा रहेका छन बर्षाकै कारण सुनकोशी गाँउपालिका १ कमेरे स्थित वि.पी. राजमार्गमा माथिबाट खसेको लेदो पहिरोको कारण को १ च ८९५६ नंम्बरको पिकअप बोलेरो गाडी फस्दा चालक घाईते गम्भिर घाइते भएका छन्। प्रहरी चौकी दुम्जाका प्रहरीले उद्दार गरी चालक सिराहा गोलबजार नगरपालिका ३ का इन्दल शाहलाई उद्दार गरि हेलीकप्टरमार्फत उपचारका लागि काठमाण्डौ तर्फ लगिएको स्थानियले जनाएका छन्। अविरल बर्षाका कारण शुक्रबार सिन्धुलीको फिक्कल गाउँपालिका १ झुल्केमा गोठ माथिबाट पहिरो खस्दा ३५ बर्षिय हेमकुमारी सुनुवारको मृत्यु भएको थियो।

प्रकाशित: २८ असार २०७६ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App