प्रदेश २ मा बाढीकाे वितण्डा

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

शनिबार, २८ असार २०७६, १७ : ०२ सुरेश यादव

जनकपुर– प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो। 

तीन दिनदेखि भइरहेको अविरल वर्षाको कारण प्रदेश २ का जिल्लाहरुमा कटान, डुबानसंगै मानवीय क्षति हुन थालेपछि राहत स्वरुप उक्त निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै बाढीको कारण ज्यान जोखिममा परेकाहरुलाई उद्धारका लागि मातहतका सबै नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष विजयकुमार यादव तथा राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ती जारी गरी पीडितलाई धैर्यधारणगरी सजगता अपनाउन तथा पार्टी कार्यकर्तालाई सहयोग, उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गरेका हुन्।  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad