coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुखर्जीको स्वागतद्वार तोडफोड

पोखराको इन्द्रचोकमा तोडफोड गरिएको स्वागत द्वार। तस्विरः सुदर्शन रञ्जित

पोखरा— पोखराबासी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि प्रतीक्षरत रहँदा  इन्द्रचोकमा बनाएको स्वागतद्वार गए राति तोडफोड भएको छ।

भारतीय राष्ट्रपति मुखर्जीको तस्विर प्रिन्ट गरिएको द्वारमा अज्ञात समूहले क्षति पुर्‍याएको हो।

‘महामहमि भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई हामी न्यानो स्वागत गर्न चाहन्छौं’, सन्देश अंग्रेजीमा लेखेर बायाँतर्फ नेपाल—भारतका राष्ट्रिय झन्डा तथा दाहिनेतर्फ भारतीय राष्ट्रपति मुखर्जीको तस्विर प्रिन्ट गरिएको द्वारमा अज्ञात समूहले क्षति पुर्‍याएको हो।

द्वारमा प्रिन्ट भएको भारतीय राष्ट्रपतिको तस्विर च्यातिएको छ।  स्वागतद्वारको फेलेक्स क्षति पुगेपछि नयाँ फेलेक्स प्रिन्ट गरेर राखिसकिएको कास्की प्रहरीले जनायो।

कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले स्वागतद्वारमा क्षति पुगेको र बिहीबार बिहानै अर्को फेलेक्स प्रिन्ट राखिसकिएको जानकारी दिए। ‘उत्छृङ्खल व्यक्तिहरुले मध्यरातमा सामान्य च्यातेको हुनुक्छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

तोडफोड गरिएको स्थानमा बनाइएको नयाँ स्वागतद्वार। तस्विरः सुदर्शन रञ्जित

प्रकाशित: १८ कार्तिक २०७३ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App