६ वैशाख २०८१ बिहीबार
समाज

बाढीले भत्कायाे निर्माणाधीन पुल

बाढीले भत्काएकाे धनुषाकाे निर्माणाधीन पुल । तस्बिरः नागिरक

धनुषा– लगातार परिररहेको वर्षाले धनुषामा निर्माणाधीन पुल भत्किएको छ। क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो।

रोशन कन्ट्रक्सनले विगत ६ वर्षदेखि निर्माण गर्दै आएको पुल निर्माणाधीन अवस्थामै भत्किएको हो। अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पुल शुक्रबार राति भत्केको स्थानीयले बताएका छन्।

गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनी बताउँछन्। पुलको झण्डै ६ वर्ष अघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका थिए। पुल भत्किएपछि त्यस क्षेत्रको बाटो अवरुद्धसमेत भएको छ।
यता बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर जलमग्न भएको छ। वर्षाको पानी निकास हुन नसक्दा सडक र घरघरमा तीन फिटसम्म पानी जमेको छ। जनकपुरका प्रायजसो सबै सरकारी कार्यालय डुबानमा परेको छ।

मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय समाचार समितिलगायतका कार्यालय डुबानमा परेको छ।

जनकपुर डुबानमा परेपछि मानिसलाई घरभित्रै बस्न र बाहिर निस्किन समेत समस्या भएको छ। नगरमा पानी जलमग्न भएपछि पठनपाठनसमेत ठप्प भएको छ। वर्षा र डुबानको कारण सर्वसाधारण कष्टकर जीवन जिउन बाध्य भएका छन्।

प्रकाशित: २८ असार २०७६ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App