coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलमग्न वीरगन्ज

वीरगन्ज– मुलुकको आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज जलमग्न बनेको छ। सहरको मुख्य बजारको रूपमा वीरगन्जको आदर्शनगर चार फिटसम्म डुबानमा परेको छ। व्यापारिक प्रतिष्ठानहरू वर्षा र सिर्सिया नदीको बाढीको चपेटामा परेका छन्।

व्यापारीहरूले मौसमसँगै यसका लागि उपमहानगरपालिका कार्यालय र वीरगन्जमा लागू ‘मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना’लाई जिम्मेवार मानेका छन्। ‘मेरो घर र सटरहरुमा यतिका वर्षमा कहिले पनि पानी पसेको थिएन,’ आदर्शनगरका विकास अग्रवालले भने, ‘यसपालि पानी पस्यो, धेरै क्षति भयो।’

कतिपय व्यापारीले यसलाई प्राकृतिक विपद् मानेर चित्त बुझाएका छन्। ‘सिर्सिया नदीको बाढी आएर सहरमा पसेर ठूलो क्षति गरेको छ,’ आदर्शनगर क्षेत्रको सामुदायिक संस्था ग्रिन सिटी अध्यक्ष प्रकाश खेतानले नागरिकलाई भने, ‘पसल, व्यापारिक प्रतिष्ठान, गोदाम र ट्रान्सपोर्ट गरेर करिब दुई सय ५० बढी फर्महरूमा बाढीले क्षति पु-याएको छ।’

बुधबारदेखि परेको अविरल वर्षाले मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका व्यापारिक प्रतिष्ठान, तिनका गोदाम तथा पसलहरूमा करोडौं मूल्य बराबरका सामान नष्ट गरेको छ। यहाँका ट्रान्सपोर्टहरूमा गतिविधि रोकिएको छ। आदर्शनगरमा सवारी आवागमन रोकिएको छ।

पानी ट्यांकी, मूर्ली, भिस्वा, नगवा, छप्कैया, बेल्वा, लाल पर्सालगायतका ठाउँमा बाढी पसेको । कतिपय ठाउँमा खाने पानी र खानाको अभाव भएको छ। खाना पकाउने ठाउँ नभएर र प्रयोग गरी आएको हाते धारा डुबेर यस्तो समस्या भएको रानीघाटका आँसु सर्राफले बताए। नयाँ बनाइएको नाला र ढलको डिजाइननै यहाँको भौगोलिक बनावटसँग बेमेल भएर समस्या भएको नगरबासीको बुझाई छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App