कथा

डब्बुको पानासोनिक टेपरेकर्डर

शनिबार, २८ असार २०७६, ११ : ०२ नागरिक

वसन्त पाध्याय

लाग्यो हो बर्मास्या कामु छान्ना भन्ने गाउँको।
माटो पन उठाउ मान्दो कलि बस्या ठाउँको।।
रोजगारीको खोजी गर्दै भारत पस्नु डब्बुका गाउँलेको साझा बाध्यता हो। जहाँ डब्बुका गाउँले एकसरो लुगा र एक छाक पेट भर्न भारतका विभिन्न सहर पस्ने गर्छन्। डब्बु ८ वर्षको हुँदा उसका बा र दाजु पनि परदेशी भए। खेतीपाती, आमा र एक जना सानी बहिनीको जिम्मेवारी पनि पुरुष भएकै नाताले डब्बुकै काँधमा आयो। खेतीपाती प्रशस्तै भएको डब्बुले आफू ‘घरगौण्या’ भए पनि दाजु र बा परदेशी भएको हुँदा परदेशको सुकिलो लाउने र मिठोमसिनै खान पाउने अपेक्षा गरेको थियो। तर, बा र दाजुले भारतमा नेपालीसँग दिनदिनै जुवा खेल्ने र पराजयपश्चात् खेत बन्धकी दिने गर्दा डब्बुको परदेशको सुकिलो लाउने र मिठोमसिनो खाने त पर जाओस् भात खाने खेत पनि खोसिँदै गएको थियो, जुन कुरा बिचरा डब्बुलाई पत्तै थिएन।

डब्बुसँग एक हल गोरु पनि थिएन। केही वर्षसम्म ऐँचोपैँचो गरी अरूलाई खेत जोती–मागी खेती गुजारा गरेको थियो। तर, जब असार वा मंसिरको खेतीको काम सबैको सँगै सुरु हुन्छ तब डब्बुको खेती पछाएकै (ढिलो) हुन्थ्यो। डब्बु वर्षले जब ११  पुग्न लाग्यो तब उसकी आमाले हुर्काएका बहरहरू (गोरु) जोत्न योग्य भए। डब्बु पनि हली भयो। असारमा डब्बुले काँधमा हलो राखी कम्मरमा खुर्पेटो र हलौडो बाँधी खेततिर लाग्यो। हलगोरु जोत्न ठिक्क परेको डब्बुलाई ‘बा’ले सोही खेत हिउँदका दिनमा इन्डियामै नेपालीसँग जुवा खेल्दा एक दाउमा बन्धकी दिएको पत्तै थिएन। ऋणी साहुको छोराले काँधमा जुवा बाँधेको गोरु तर्साइदियो र भन्यो ‘तेरो बाउले बन्धकी दिइसकेको यो खेत अब तेरो रहेन, यो त अब मेरो हो।’

डब्बुको हली बन्ने रहर पूरा भएन। डब्बुकी आमाले ‘मुडुल्ले बाली (वर्षे खेती) लाउन देउ, झुसुल्या बाली (मंसिरको गहुँ खेती) तमी नै लाउला’ भन्दा पनि मानेन् साहुको छोराले। डब्बुकी आमाका आँसुले खेत साउन्या खेत भयो। मुजा परेको गुन्यूको लप्कोले आँसु पुछ्दै दाउन लागेका गोरु घर फर्काइन्। डब्बु उमेरले सानै भए पनि सुझबुझ थियो, भलै विद्यालय शिक्षा पढ्न नपाए पनि अनौपचारिक घरबारे शिक्षाको खुला विश्वविद्यालय नै थियो। आमाका बगेका आँसुका बरबराहट धारा हेरिन्थ्यो।

क्यासेट सुनी कयौं वसन्त, हेमन्त, शिशिर र वर्षात् पार गर्दै गइन डब्बुकी आमा। उनको भरपर्दो साथी त्यही पानासोनिक ५४३ टेपरेकर्डर थियो। हरेक पल परदेशी छोराको बाटो हेर्दै घरको दैलो कुरेर बिते। तर, डब्बु कहिल्यै फर्केन।
 

डब्बुले फाली चोप्न नपाई जसरी बोकेर ल्याएको हलोजुवा उसरी नै बोकेर फिर्ता ल्यायो। असारे कामको पर्मपरेली गर्दा घट्ट जानेसम्म नपाएकी डब्बुकी आमाले पैँचो मागी ल्याएको कोदाको पिठोले साँझको छाकको गुजारा गरिन्। तर, डब्बु अवेरसम्म घर आएन। छोरा खोज्दै हिँडेकी डब्बुकी आमा अबेरसम्म दिउँसोको पिरोल्ने कथाले झस्किई। आलापविलाप गरिरहिन्। अहँ डब्बु भेटिएन। डब्बुको साथी खड्क्यालाई भेट्न पुगिन्। डब्बुको दिउँसोको दर्दनाक यथार्थताले गाउँभरि कथाको रूप लिइसकेको थियो। डब्बुकी आमाको स्वर सुन्नेबित्तिकै असारे कामले थाकेर सुत्न लागेको खड्क्याले झ्यालबाट मुन्टो बाहिर गरी ‘खै डिल्ली जाँदो आमाखी र बहिनीखी एकसरो फाटा त हालुला भन्दै गयाको हो।’

बिचरा डब्बुकी आमाका आँसुका धारा भर्षाको झरीझैँ झरिरहे। गाडी भाडा छैइन क्याअरी गयो हो भन्दै डब्बुकी आमाका वर्ष दिन केही झरीले केही आँसुले कहिलै ओभाना भएनन्।

डब्बु सकसपूर्ण यात्रा गरी ‘डिल्ली’ (दिल्ली) पुग्यो, जुन खबर डब्बुकी आमाले सुन्दा थोरै भए पनि पीडाको अनुभूति गरेकी थिइन्। दाजु र बा ‘डिल्ली’ शिवनगर (दिल्ली) बस्छन् भन्ने मात्र थाहा थियो। प्रवासी नेपालीको सहयोगमा ऊ बासँग सम्पर्कमा पुग्यो। तर, बिर्सन नसकेको आमाको घरजीवनले उसको मन भारी बनाएको थियो। सबै कथा सुनायो बा र दाजुलाई तर पनि पत्थरै डब्बुका बा र दाजुको मन। देशी सराबले राता आँखा बनादै डब्बुका बाले भने–                 
खानुपिनु होटलको ड्युटी बजारकी।
लैजानु खाइजानु कैयनाई जीवन गुजारकी।।

डब्बुका बाले आफ्नो पनि गुजारामुखी जीवन एक हरफ डेउडा गीतमा सुनाए। लगत्तै डब्बुको दाइले थप्योः
बासमतीको बीउ छरुली कमाई खाउली सेरो।
लालपुर्जा कोर ? लिन्या छ र दर्ता छदाइ मेरो।।

डब्बुले फेरि पनि आग्रह ग-यो दाजु र बालाईः परदेशीले घरगौण्याका पीडा देख्दैन ‘आमा क्या खानी छन् क्या लाउनी छन्’ भात खान्या खेत बन्धकी देखाई साहुका चेलाले लैग्यो म पीडा पखाल्न भए पनि यता ‘डिल्ली’ आएको हुँ। मलाई काम खोजिदिनु म भोलिदेखि नै काम गर्छु। मंसिर आफैं गहुँ छर्ने गरी त्यो खेतको निखन्ने गरी घर फर्किनेछु। तर, डब्बुका दाजु र बाको मन टसमस भएन।

साँझले रिमरिम गरिरहँदा डब्बुको मनलाई भने घरदेशको छाया र आमाको मायाले सताइरहेको थियो। डब्बुका बा बजारको डन्डा बजाई चौकीदारी गर्न हिँडे भने दाजुले खाना तयार पारे। कयौं दिनको भोको पेट डब्बुलाई त्यो छाक मिठो मानी खानु पर्ने तर उसलाई आफ्नै आमाका आँसुको आशिकी थियो र त जेनतेन खाना निल्यो मात्र। डब्बुका दाजु र बा बस्ने बहालको डेरा डिल्लीका चौकीदारको साझा चौतारी नै रहेछ। चौकीदारको जिन्दगी राती बजारको चौकीदारी सकेर एकपछि अर्को गर्दै जुवा सुरु भए। डब्बुको खेत बन्धकी लिने साहु पनि त्यही पुग्यो र डब्बुका बालाई भन्योः ‘घर खेत लिन केही बाँकी छैन अव क्या आज तेरी जोई राख्या है बन्धकी।’ यी सबै कुरा डब्बुले सुनेको थियो। तर, नसुनेझै गरी अनेक विरहले सिरानी भिजाइरह्यो। रातभरि जुवाडेको गाइँगुइँ चलिरहँदा पनि जसोतसो डब्बु सुत्यो।

झिसमिसे बिहानै डब्बुको दाइको मालिकका गाडी धुन्या काम सधैंझै थियो। डब्बु पनि उसको दाइ सँगै बिउझिँदा रातका जुवाडेहरू बिहान जँड्याहाको तालमा सुतेकै थिए। डब्बुले एक–एक गरी सुतेकै अवस्थामा सबैका अनुहार हे-यो। जहाँ अधिकांशको घरपरिवारको हालत डब्बुकोसँग मिल्दोजुल्दो थियो। डब्बु पनि उसको दाजुसँगै काममा लाग्यो र असारदेखि दसैंपछि देवालीसम्म मेहनतसाथ काम ग-यो। मालिकलाई डब्बुको काम मन परेको थियो। डब्बुलाई भने बाले जुवाको दाउमा फालेको भात खाने डाँडाको खेत निखनी घर फर्कने मनमनै निर्णय गरेको थियो। दिवालीको भोलिपल्ट डब्बुले ‘सेटजी मे घर जाँ रहा हुँ’ भन्दै मालिकसँग ग-यो। तब डब्बुको साहुजीले पानासोनिक ५४३ टेपरिकर्डर उपहार दिँदै घर जाने अनुमति दियो।

जुटको बोरामा पितलको भात पकाउने ताउली, कुटो–कोदालो बनाउने अलिकति काँचो फलाम र केही लुगा फाटो साथै छिमेकीको नासो र झण्डै २ दर्जन डेउडा गीतका क्यासेट केही जोर लुगा फाटो अनि आमालाई ‘गोला’ (नरिवल) लिई डब्बु घर फक्र्यो। पिठ्यूँमा डिल्लीको भारी र घाँटीमा भुवन दाहालको:
लेक पाती झुपझुपानी औल पात्ति टुसाई
रोप्या खेत पहेंला भैग्या मेरा दुःख उसाई
भन्ने ठाडी भाका छन्काउदै झिसमिसेमा जतिबेला घर छोडेको थियो त्यो समयमा घरको आँगन टेक्यो डब्बुले। साँझको चुलोचौको गर्न लागेकी डब्बुकी आमाले आँगनमा डिल्लीको भारी सहित छोरालाई देखेपछि आँसु थाप्न नसकी डाँको छोडी रोइन, छोरालाई अँगालो मारिन् र भनिन्, ‘कहाँ गइछी मेरा हजारी (सयपत्री) यतिका दिनसम्म...।’ डब्बुले पनि आँसु थाम्न सकेन। डब्बुकी बहिनीले वर्षौ पुरानो गमनको भोट्याको मैलो टालैटालो हालेको तालले आँसु पुछ्दै थिइन्।

‘डब्बु आयो’ भनी डब्बुका साथीले आँगन भरिएको थियो। डब्बुले साथीलाई पनि भन्यो ‘मेरी आमाले वर्षाभरि आँसुले आफ्नो दुःख पखाल्नु भयो। अब ती दिन फर्कन दिने छैन साथीहरू।’ उसले सबैलाई आफ्नै घरमा बस्न आग्रह ग-यो। एकछिनमा डब्बुका साथी खोज्दै उनीहरूका आमबुवा पनि डब्बुका घरतिरै लागे, डब्बुकी आमा हर्षका आँसुले भिजेकी थिइन्।

एक छिनपछि डब्बुले आमालाई डिल्लीको भारी खोल्नु भन्यो। आमाले पुरानो गमनको मैलो गुन्युको तालले आँसु र नाकको मुदुणी (बुलाकी)सम्म आएको सिँगान पुछ्दै भारी खोल्न लागिन्। जुटको बोराभित्रबाट फटाफट सामान निकाल्दै हेर्दै गरिन् र बहिनीलाई सेतो मन्याठो (गम्छा),आमालाई गुन्युलगायत सामान झिक्दै राख्दै गरिन्। अरूको नासो त्यहीबाट जिम्मा लायो। देसी गुड (भेली) र गोलागेणो (नरिवल) फुटाई डब्बुको साथीभाइ र छरछिमेकीले मुख गुलियो पारे। उता डिल्लीका मालिकले दिएको पानासोनिक ५४३ टेपरिकर्डरमा डिल्लीराज फुलाराको चौकीदार एल्वमबाट डेउडा गीत घन्किरहेको थियो। रातभरि डब्बुले घरदेशमा परदेशको कथा सुनायो। सबैैभन्दा प्रिय कुरा त आफ्नी आमालाई डाँडाको खेत निखनी आया आमा भनी भन्दा डब्बुकी आमा घोप्टो परी मुख छोपी रोइरहिन्।

डब्बुले मंसिर डाँडाखेतमा आफैले गहुँ छ-यो। आलोकाँचो उमेरमै हली बनेको डब्बुले बिस्तारै खेती गर्न जान्यो। हुर्किर्दै गएको बहिनीको विवाह गरिदियो। आफू भने फेरि असार सकेर डिल्ली लाग्यो। आमालाई दुःख बिसाउने चौतारी मालिकको उपहार पानासोनिक ५४३ टेपरेकर्डर छोडेर परदेशी भयो। डब्बु कोही गाउँ फर्कने परदेशीसँग आमालाई नासो र केही घरखर्च पठाइदिन्थ्यो। ऊ परदेशबाट बेलाबेलामा आमालाई फोन गथ्र्यो, ‘सोराइ’ लाग्या क्यासेट सुन्नु आमा, पुणासाल (अर्को वर्ष) आउँला।

डब्बुकी आमाले डिक्रादेवी, राजाराम भाट, भुवन दाहाललगायत डेउडा गायकका ‘भैसाकी गोठाली रैछ, बालबच्चाकी धनी। माताजीका कुटी अब आउन्छु जोगी बनी।’ 

क्यासेट सुनी कयौ वसन्त, हेमन्त, शिशिर र वर्षात् पार गर्दै गइन्। डब्बुकी आमाको भरपर्दो साथी त्यही पानासोनिक ५४३ टेपरेकर्डर थियो। हरेक पल परदेशी छोराको बाटो हेर्दै घरको दैलो कुरेर बिते। तर, डब्बु कहिलै फर्केन।






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad