coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रेल दुर्घटना हुदाँ पकिस्तानमा २१ जनाको मृत्यु, ४५ घाइते

इस्लामावाद-पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ । कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए।

मृतक मध्ये कम्तीमा २ जना बालबालिका र तीन जना महिला रहेका पनि प्रवक्ता जमालीले बताए। क्वाडाफी रेलस्टेशनमा फ्यारिड एक्सप्रेस रोकिईरहेका बेला उही रेललिकबाट उही गन्तव्य तर्फ आईरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिए।

उनले दिएको प्रारंभीक विवरणहरुका अनुसार जक्रिया एक्सप्रेस रोक्न खोज्दा पनि नरोकिएकाले दुर्घटना भएको हो । दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आईरहेका थिए ।

रेलवे कार्यालयले घटनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । दुर्घटना भएको धेरै समयपछिसम्म पनि उद्धारकर्ताहरुले रेलभित्र थिचिएकाहरुको उद्धार गरिरहेका थिए ।
घाइते मध्ये टाउको र घाँटीमा चोट लागेका केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । पाकिस्तानी सेनाको इन्जीनियरिङ इकाइले रेलमार्ग खुलाउनका लागि रेलमार्गमै रहेका ती दुवै रेललाई हटाउने काम गरिरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलले घटनाप्रति दुःख व्यक्त गर्दै घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । रासस/सिन्ह्वा

प्रकाशित: १८ कार्तिक २०७३ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App