पुस्तक/बौद्ध दर्शन

पञ्चशील सम्झेर

शनिबार, २८ असार २०७६, १० : २५ नागरिक

बसन्त महर्जन

काठमाडौंको हनुमानढोका दरबार परिसरमा दैनिक कति मान्छे ओहोरदोहोर गर्छन् होला ? यो लेख त्यो तथ्यांकसँग सम्बन्धित छैन। तर, तीमध्ये आफ्नो दैनिक जीवन हनुमानढोका दरबार परिसरमा नै बिताउनेहरूको एउटा सामाजिक परिवेश पनि त्यहाँ देख्न पाइन्छ। त्यहाँ एक किशोरीमाथि म प्रायः ध्यान दिन्छु र गम्न थाल्छु– मान्छेको जीवन नर्कमय हुन धेरै समय लाग्दैन। रूप यौवनका दृष्टिले धेरैको ध्यानाकर्षण गर्न सक्ने ती किशोरीको सामाजिक वा आर्थिक पृष्ठभूमि सम्भवतः औसत नेपालीकै होला। उनी विदेशी पर्यटकको पछि लागेर ‘क्युरियो’ सामान बेच्ने गर्थिन्। तर, आजभोलि एकाबिहानैदेखि लागुपदार्थको सेवनले मदमस्त भएर हिँडिरहेको देख्न पाइन्छन् र हातमा चुरोटको ठुट्टा प्रायः खाली हुँदैन। जेठ मसान्तका दिन ती किशोरी अत्यन्तै निरीह, हरन्त र क्लान्त भई बाटो छेउमा झोक्राएर बसिरहेको देखियो।

ती किशोरीको एक युवासँग मायाप्रेमपछि विवाह भएछ। युवा परेछ– लागुपदार्थको दुव्र्यसनी। बोलीचालीको भाषामा ‘ट्यापे’का रूपमा पहिचान बनाएका ती युवासँगको वैवाहिक सम्बन्ध लामो समय टिकेन। छुट्टिने बेलासम्ममा महिला एउटा बच्चाको आमा बनिसकेकी थिइन्। साथै, केटाले यति बेलासम्ममा यी युवतीलाई पनि लागुपदार्थको लतमा लगाएर आफूजस्तै ‘ट्यापे’ नै बनाइसकेका रहेछन्। लोग्नेले अर्कैसँग विवाह गरेपछि यी युवती विक्षिप्त बनेकी थिइन्।

दैनिक जीवनमा पालना गर्नुपर्ने भनी गौतम बुद्धद्वारा निर्दिष्ट ‘पञ्चशील’मा एउटा महत्वपूर्ण शील हो– लागुपदार्थको सेवन नगर्नु। बेहोस गरिदिने जाँडरक्सी आदि लागुपदार्थको सेवन नगर्ने तथा गर्दिन भनेर प्रतिज्ञा गर्नु जीवनलाई सुमार्गतिर निर्दिष्ट गर्नु हो। प्रतिज्ञामा शिथिलता आउन सक्छ, तसर्थ पञ्चशीललाई सदैव सम्झिरहने, बारम्बार यस्तो प्रतिज्ञा गरिरहने काम बुद्धका अनुयायी अर्थात् बौद्ध समाजमा भइरहेको पाइन्छ।

लागुपदार्थको दुव्र्यसनीमा परेका महिला–पुरुष सबैका बारेमा भन्न नसकिए पनि कतिपयका सन्दर्भमा महिलाका लागि पुरुष साथी ‘स्पोन्सर’ हुनाको आधार यौन सम्बन्ध हुने गरेको पाइन्छ। यौनमा छाडा भएपछि शील सदाचार तथा हुने/नहुने अनेक मर्यादाहरू भताभुंग हुने गर्छ।

लागुपदार्थ कसलाई भन्ने वा कसलाई नभन्ने ? मान्छेलाई लठ्ठ पार्ने तथा मदहोस वा उत्तेजित बनाउने सबै प्रकारका पदार्थहरू हुन् भन्न सकिन्छ। शीलमा ‘सुरा मेरय मज्जपमादठान’ भनिएको छ र यसअन्तर्गत सबै प्रकारका लागुपदार्थ  भनेर बुझ्नुपर्छ। यसमा नयाँ–नयाँ देखा पर्ने हरेक प्रकारका लागुपदार्थ पनि पर्छन्। बौद्धबाहेक अन्य कतिपय धर्मले पनि जाँडरक्सीजस्ता विषयवस्तुलाई प्रोत्साहित गर्दैन। तर, जवानीको जोस वा बेहोसमा, लागुपदार्थमा भुल्नेहरू समाजमा पाइन्छन्। जाँडरक्सी तथा अन्य लागुपदार्थको सेवनपछि मात्तिएर हिँड्नेहरू समाजमा समस्याका रूपमा चित्रित हुन्छन् भने कतिपय अवस्थामा शान्तिसुरक्षाका लागि कानुनी दायराभित्र राखेर कारवाही पनि गरिने हुन्छन्। यसले प्रतिष्ठा र मर्यादापूर्ण जीवनको ठाउँमा बदनामी जीवन जिउनु पर्ने हुन्छ, जुन पीडादायी हो।

लागुपदार्थका दुव्र्यसनीमाथि सामान्य नजर दिँदा पुरुषभन्दा महिलालाई बढी असर पर्ने गरेको पाइन्छ। लागुपदार्थको प्राप्तिका लागि खर्च आफैले जोहो गर्नुपर्ने अवस्थासम्म त केही फरक पर्दैन। तर, खर्च जोहो गर्न नसक्ने अवस्थामा पुरुष साथी ‘स्पोन्सर’ भइदिने हुन्छ। यस्तो ‘स्पोन्सर’ पुरुषलाई खासै प्राप्त हुँदैन। काम गरेर पैसा कमाउने, घरमा पैसा माग्ने, घरको सामान चोर्ने, चिनेजानेका मान्छेसँग ठग्ने वा दिनदहाडै लुट्ने काम पुरुषले गर्ने गरेको पाइन्छ। यसरी पनि पैसा जुटाउन नसकेको बेला सेवन नै नगर्न पनि सक्छ र लागुपदार्थको मात्रा कम मात्रै शरीरभित्र जान्छ। यसको विपरीत महिलालाई तिनै पुरुषले सहयोगस्वरूप लागुपदार्थ उपलब्ध गराउने गरेको पाइन्छ। आज एक पुरुष साथी ‘स्पोन्सर’ भइदिन्छ र अर्को दिन अर्कै साथी। यस अवस्थामा पहिलालाई लागुपदार्थ निर्बाध रूपमा प्राप्त हुन्छ। शारीरिक रूपमा पुरुष र महिलाबीच केही फरक पनि हुँदो हो, महिलालाई चाँडै असर गर्ने गर्छ।

लागुपदार्थको दुव्र्यसनीमा परेका महिला–पुरुष सबैका बारेमा भन्न नसकिए पनि कतिपयका सन्दर्भमा महिलाका लागि पुरुष साथी ‘स्पोन्सर’ हुनाको आधार यौन सम्बन्ध हुने गरेको पाइन्छ। यौनमा छाडा भएपछि शील सदाचार तथा हुने–नहुने अनेक मर्यादाहरू भताभुंग हुने गर्छ। र, यस प्रकार लागुपदार्थको दुव्र्यसनीमा झन्झन् फस्दै जाने गरेको पाइन्छ।

गौतम बुद्धले भिक्षु भिक्षुणीहरूलाई मात्र नभएर सर्वसाधारणलाई पनि जाँडरक्सी लगायत सम्पूर्ण लागुपदार्थबाट टाढा हुनका लागि निर्देशन दिनुको तात्पर्य यसले मान्छेलाई बेहोस बनाइदिने मात्रै नभएर त्यही बेहोसीमा अनेकौं अनर्गल कामकुरा हुने भएकोले हो। आजभोलि साथीहरूको बीचमा तथा उत्सवविशेषमा जाँड–रक्सीजन्य पेयपदार्थहरूको सेवनलाई सामान्य रूपमा लिने चलन छ। तर, बेहोसी जीवनको सुरुवात यसैलाई भन्न सकिन्छ। बुद्ध मान्छेलाई हर क्षण जागरूक भएर जिउनमा जोड दिन्छन्। जागरूक हुनुको प्रयोजन कुशल कर्मको सम्पादन हो। कुशल कर्मबाट आफू अरुबाट प्रशंसित हुने मात्रै नभएर समाजलाई फाइदा पनि हुन्छ। कसैले कुशल कर्म गर्दा समाजका अन्य सदस्यलाई त्यसको अनुशरण गर्न प्रोत्साहन मिल्छ। राम्रो काम गरेर तत्कालै फल पाउने त छँदैछ, भविष्यमा पनि यसले फाइदा नै गर्छ। बौद्ध धर्म पूर्वजन्म र पुनर्जन्मको मान्यतामा आधारित छ र यस जन्ममा गरेका कुशल कर्महरूको फल वा पुण्य यही जन्ममा मात्रै नभएर अर्को जन्ममा पनि भोग्न पाइन्छ भन्ने मान्छ। यसको विपरीत लागुपदार्थको सेवनले हुने बेहोसीमा कुशल कर्मको सम्पादन गर्न सकिन्न। यो बेला मन नकारात्मक गतिमा लागेको हुन्छ र नराम्रो नै नतिजा निस्कने हुन्छ। यो अकुशल कर्म हो। अकुशल कर्मले अर्को जन्मका लागि पुण्य कमाउने मात्रै होइन, यही जन्ममा तत्कालै वा केही पछि दण्डभागी हुनुपर्ने हुन्छ। फलतः बदनामी कमाइन्छ।

मान्छेलाई अनेक समस्या आउन सक्छ। यस्तै समस्याहरूसँग जुध्दै जिउनु नै जिन्दगी हो भनेर जिन्दगीको परिभाषा गर्नेहरूको कमी छैन। तर, यो तबै मात्र सम्भव छ, जब लागुपदार्थको सेवनबाट मान्छे टाढिन्छ। समस्यासँग जुध्न नसक्नेहरू भाग्छन् र समस्याले लखेट्दै रहन्छ। जब जुध्छ, समाधानका अनेक उपायहरू निस्कन्छन्। यस्ता उपायहरूको पहिचान गर्न सक्नुपर्छ। त्यो पहिचान गर्न सक्ने क्षमता होसपूर्ण अवस्थामा मात्रै प्रस्फुटन हुन्छ। समस्याहरू आफ्नै कारणले वा अरुको कारणले सामना गर्नुपर्ने हुन्छ। समस्या भनेकै आफूमाथि आइपरेको बोझ हो, जसलाई कुशलतापूर्वक पन्छाउनुपर्छ। बौद्ध सन्दर्भमा ‘उपायकौशल’ शब्द प्रायः सुन्नमा पाइन्छ। के कसो गर्दा बिना नोक्सानी समस्याको समाधान हुन्छ, जीव र जगतका लागि प्रभावकारी बन्छ भन्ने चिन्तन मनन उपायकौशलसँग सम्बन्धित छ। उपायकौशलका लागि बुद्ध अनुकरणीय हुन्। यही भएर उनका अनुयायीहरू उपायकौशल उत्तम अभ्यास मान्छन्। तर, बेहासपूर्ण मानसिकताले उल्टोपाल्टो काम गर्नुका साथै अनर्गल विचारविमर्श गरिरहेका हुन्छन्। यस अवस्थामा होसपूर्ण हुनु नितान्त आवश्यक हुन्छ जसलाई सचेतता भन्न सकिन्छ। यसको राम्रो अभ्यास ध्यान हो। हरक्षण हरकुरामा होसपूर्वक रहनु नै ध्यानी हुनु हो। जाँड–रक्सीले मात्तिएर हिँड्नेहरू ध्यान अभ्यासमा लागेपछि त्यस्तो लतबाट छुटेको देखिनुलाई बौद्ध दर्शनको व्यावहारिक प्रयोग भन्न सकिन्छ। 

हुनमानढोका जस्तो ठाउँमा पर्यटकलाई क्युरियोसामाज बेच्न सक्ने खुसी हुनु भनेको कुशल व्यावसायिक क्षमता हो। तर, लागुपदार्थको अम्मलीबाट निस्कन नसक्दा एक किशोरीको जीवन बर्बाद भएको छ। यिनीहरूको ‘रिहाबिलेसन सेन्टर’मा उपचार पनि हुन सक्छ। तर, उचित वातावरण उपलब्ध हुनुप-यो। होसपूर्ण भएर जिउन सकिएन भने यस्तो समस्या फेरिफेरि अन्यत्र पनि निम्तन सक्छ। यो भनेको जाँड–रक्सी लगायतका लागुपदार्थबाट पूर्णरूपमा विरक्त हुनु हो।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad