समाज

प्रयासः जीविका पुनर्स्थापनाको

शनिबार, २८ असार २०७६, ०९ : ४४ उपेन्द्र लामिछाने

भूकम्पले ढालेको उनको घर अझै राम्रोसँग बनेको छैन। तर पनि उनले हिम्मत हारेका छैनन्। झट्ट हेर्दा उनी वैशाखीको सहारामा उभिएका देखिन्छन्। तर खासमा भने तरकारी खेतीको बलले उभिन सकेको सुनाउँछन्। ‘भूकम्पपछि घर÷परिवारमा निराशा धेरै थियो,’ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४, पाडामरवाका गुमानध्वज तामाङले भने, ‘यहीबीच सुरु गरिएको तरकारी खेतीले केही आशा जगाएको छ।’

विकल्प केही नहुँदा रोकिएको जस्तो जीवनमा हरिया तरकारीले केही खुसी ल्याएको  गुमानध्वजले  बताए। ‘केही पनि नहुँदा निराशा हुँदोरहेछ,’ गोलभेडा टिप्दै गरेका उनले भने, ‘सानै सही, यसले केही आशा जगाएको छ।’

धेरैलाई लागेको छ– भूकम्पले हजारौंको घर भत्कायो। तर, २०७२ को भूकम्पले इन्द्रावती नदीको किनारमा बस्नेहरूको भने घरमात्र भत्काएन। घरसँगै उनीहरूका आशा र सपना पनि भत्कायो। अझ सोझै भन्ने हो भने बालबच्चासहितको सिंगो परिवार पाल्ने जीविकासमेत क्षत्विक्षत् तुल्यायो। त्यसैले यहाँका वासिन्दामध्ये थुप्रै अझै पनि ४ वर्षअगाडिको त्यो भूकम्पको असरसँग लड्दैछन्। गुमानध्वज तिनै पात्रमध्येका एक हुन्, जो शरीर धान्नका लागि वैशाखीको सहारा लिएजस्तै जीविका पुनस्र्थापनाका लागि तरकारीको सहारा लिइरहेका छन्।  

विकल्प केही नहुँदा रोकिएको जस्तो जीवनमा हरिया तरकारीले केही खुसी ल्याएको  गुमानध्वजले  बताए। ‘केही पनि नहुँदा निराशा हुँदोरहेछ,’ गोलभेडा टिप्दै गरेका उनले भने, ‘सानै सही, यसले केही आशा जगाएको छ।’


४० वर्षीय रामबहादुर दनुवारको कथा पनि तामाङको जस्तै छ। इन्द्रावती नदीमा माछा मार्थे। धेरथोर खेतीले पनि केही भरथेग गरेकै थियो। तर, भूकम्पले उनको यही परम्परागत गुजारामा पनि धावा बोल्यो। त्यसपछि केही समय त उनी अलमलमा परे। सुनाउँदै थिए, ‘भूकम्पपले घर मात्र होइन, धेरै कुरा भत्काएर जाँदोरहेछ।’ अहिले भने आधुनिक तरिकाबाट तकारी खेती गरिरहेका उनले भने– हाम्रो गाउँमा मजस्तै दुःखीलाई सहयोग गर्न आइपुगेको प्रयास दोस्रो नामक परियोजनाले तरकारी खेतीका लागिगरेको सहयोगले आपतका बेला सम्हालिन आँट दिएको छ।

जीविका चलाउने माध्यम सबैको एकनासको नहुँदोरहेछ। श्याममाया नकर्मी भने यतिबेला ऊनका स्विटर, टोपी, पन्जा, मोजा आदि बुन्छिन्। हुनत उनी निकै पहिले यस्तो बुनाइमा लागेकी थिइन्। तर, बीचमा बुनाइको क्रम रोकिएको थियो। जब भूकम्पले पूर्ववत् प्रक्रिया खल्बलाइदियो, के गरौँ के भयो उनलाई। आफू पुनः ऊनका सामग्री बुन्ने अवस्थामा पुग्नुको कारण सुनाइन्– केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गाउँमा चलाइरहेका सहयोग कार्यक्रमले मलाई ऊन किनेर दिने भए। बूढी मान्छे, खेतीपातीको काम गर्न सक्दिनँ। त्यसैले पुनः यो पेशामा फर्किएँ।

अझै पनि जस्ताको टहरामा बस्दै आएकी उनलाई न त जाडोमा न्यानो भयो न गर्मीमै शीतल। यही चुँडिएको खुसीलाई ऊनीको धागोसँग बुन्दैछिन् यतिखेर। ‘गर्मीमै पनि अर्डर आउँदोरहेछ,’ बुनाइको राम्रो सीप भएकी उनले थपिन्, ‘आखिर जे–जे लगे पनि भूकम्पले सीपचाहिँ लानसक्दो रहेनछ।’

तामाङ, दनुवार र नकर्मी जस्ता धेरै छन् इन्द्रावती गाउँपालिकाको विभिन्न बस्तीमा। जो गाउँमा सञ्चालित कार्यक्रमको सहयोगमा घर पुनर्निर्माणसँगै जीविका पनि पुनस्र्थापनाको प्रयास गरिरहेका छन्। अनि भौगर्भिक जोखिमलाई रोक्ने प्रयास पनि। युरोपेली निकायको मानवीय सहायता विभागको आर्थिक सहयोगमा स्थानीय पीडितलाई सहयोग गरिरहेको प्रयास दोस्रोकी फिल्ड अफिसर जमुना न्यौपानेका अनुसार अहिले खासगरी ज्येष्ठ नागरिक, अपांगता भएका तथा एकल महिलाले जीविका पुनस्र्थापनाका लागि गरेका प्रयास अनुशरणीय छ।

जीविकाका लागि भर पर्नुपर्ने आधार तरकारीमात्र देखेका छैनन् उनीहरूले। केहीले राँगो पालेका छन्। केहीले बाख्रा पालेका छन्। अनि केहीले भने मौरीसमेत पालेका छन्।

स्थानीय शिक्षक पशुपति न्यौपाने सुनाउँछन्– ढिलै सही, गाउँमा आएका विभिन्न कार्यक्रमले सीमान्तकृत वर्गका लागि राम्रै उत्तोलकको भूमिका निर्वाह गरेका छन्। नत्र अझै पनि यिनीहरूको बिल्लीबाठ हेरेर बस्नुपर्ने उनको भनाइ छ।

इन्द्रवती गाउँपालिका–११ का वडाध्यक्ष मने माझी परम्परागत पेशा संकटमा परेका बेला जीविकोपार्जन सहज तुल्याउन गैरसरकारी संस्थामार्फत् भएका प्रयास सराह्रनीय भएको बताउँछन्। ‘यस्तो प्रयास पर्याप्त भने छैन, अझै धेरै गरिब समुदायमा पुग्नुपर्छ र अझै केही वर्ष सहयोग आवश्यक छ,’ उनी थप्छन्, ‘तर, यसले सकारात्मक सन्देश भने पक्कै दिएको छ। खासगरी माझी, दनुवारजस्ता सीमान्तकृतका लागि जीविका पुनस्र्थापनामा सहयोग नपुगेको उनको भनाइ छ।

गैरीगाउँका जयसिंह तामाङले भने जीविकाको आधार मौरी रोजेका छन्। निकै वृद्ध अवस्थाको जोडी मात्र रहेकाले पनि होला उनले मौरी सहज ठानेका। प्रयास दोस्रोका संयोजक गोपालकृष्ण बस्नेतका अनुसार उनलाई उनकै इच्छाअनुसार घारसहितको मौरी दिइएको छ। जसले मह बेचेर जीविकोपार्जन सहज तुल्याएका छन्। त्यसैगरी अलि बलियो भएकाले भने पाडो हुर्काएर बेच्ने गरेका छन्। यसरी पाडो किन्ने, हुर्काउने र बेच्नेमा सीता राई, साइँली दनुवारलगायत थुप्रै छन्। जो आगामी दसैँमा बेच्ने लक्ष्य राखेर यतिबेला पाडो जोडदाररूपमा हुर्काइरहेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad