४ वैशाख २०८१ मंगलबार
खेल

धर्मसेनाले फाइनल खेलाउने

लन्डन – श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो। रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इङल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ वर्षपछि विश्वकप फाइनलमा प्रवेश गरेको थियो।

८५ रन जोडेका रोयलाई धर्मसेनाले स्लिपमा क्याच आउट दिएका थिए। रोयले धर्मसेनाको निर्णयविरुद्ध रिभ्यु मागेका थिए। त्यसलगत्तै धर्मसेनाले रिभ्युको संकेत गरे पनि अस्ट्रेलियाली खेलाडीले रिभ्यु बाँकी नरहेको बताएपछि धर्मसेना आफ्नो निर्णयबाट पछि हटेका थिए। रिप्लेमा रोयको ब्याटमा बलले नछोएको देखिएको थियो।
रोयले धर्मसेनासँग केही बेर आफूविरुद्ध दिइएको निर्णय सच्याउनु पर्ने भन्दै विवाद गरेका थिए। इङल्यान्डले त्यसअघि नै रिभ्यु लिइसकेकाले उनको अपील खेर गएको थियो। अर्का ओपनर बेयरस्टोले मिचेल स्टार्कको बलमा एलबिडब्लुको शिकार हुँदा रिभ्यु लिएका थिए। जुन असफल भएको थियो। २८ वर्षे रोयलाई आइसिसीले खेल भावनाविरित कार्य गरेको भन्दै खेल रकमको ३० प्रतिशत जरिवानासहित २ अंक घटुवा सजाय सुनाइसकेको छ।

उनको यसअघि पनि १ अंक घटुवा भैसकेको छ। कुनै पनि खेलाडीको ४ अंक घटुवा भएमा खेलाडीले स्वत एक खेल गुमाउने छ। तर रोयको ३ अंक मात्र घटुवा भएकाले उनले आइतबार लर्ड्समा हुने न्युजिल्यान्डविरुद्धको फाइनल खेल्न पाउनेछन्। न्युजिल्यान्ड र आयोजक इङल्यान्ड दुवै टोली पहिलो पटक विश्वकप जित्ने लक्ष्मा रहेका छन्। अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका कुमार धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको छ। रिप्लेमा रोयको ब्याटमा बलले नछोएको देखिएको थियो।

प्रकाशित: २८ असार २०७६ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App