८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाउँदा दुईको मृत्यु

हेटाैंडा– बाढीले बगाउँदा मकवानपुरमा दुईजनाकाे मृत्यु भएकाे छ। मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१०, नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो।

यस्तै बाढीले बगाउँदा एक छात्राको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ। अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आजै बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

यसै गरी अविरल परेको वर्षातले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौंडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ। यसै गरी हेटौंडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ।

हेटौंडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए।  पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–नारायणगढ–सडकखण्डमा यातायात सेवा पनि आजै बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। रासस

प्रकाशित: २८ असार २०७६ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App