coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

राैतहट - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाकाे ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको छ। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव एक हजार बढी घर भत्केका छन्। स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्। लालवकैया खोलाको बाढीले बनुयाँद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्धनै बगाएपछि सो क्षेत्रका करिव ६ हजार जनता डुबानमा परेका हुन्।

यस्तै बागमती नदिले गढिमाइ नगरपालिकाको  दुई स्थानमा बागमती नदिले बाँध भत्काएपछि सो क्षेत्र समेत डुवान भएको छ। भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर करिब २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो। गौर सदरमुकाममा करिव एक तत्ला डुव्ने गरी बाढी पसेको छ। एक दर्जन प्रहरी युनिट स्थानान्तरण गरिएको छ।

प्रकाशित: २८ असार २०७६ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App