coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानमा लामा

दोलखा – पार्टीका आदर्श पुरुष भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्। शुक्रबार प्रतिष्ठानका संस्थापक अध्यक्ष कांग्रेस महामन्त्री शशांक कोइरालाले कार्यव्यस्तताका कारण प्रतिष्ठानमा समय दिन नसकेको भन्दै लामालाई शुक्रबार प्रतिष्ठानको नेतृत्व सुम्पेका हुन्।

राजनीतिमा स्वच्छ र आदर्श छवि बनाएका दोलखा झुलेका तामाङको ७ वर्षअघि निधन भएपछि उनको सम्झनामा तत्कालीन पार्टी सभापति सुशील कोईरालाले शशांकको अध्यक्षतामा प्रतिष्ठान गठन गरेका थिए। हालका राष्ट्रिय सभा सांसद राधेश्याम अधिकारीको बानेश्वरस्थित निवासमा बस्दै आएका तामाङको २०६९ मंसिर १६ गते हृदयाघातका कारण निधन भएका थियो। लामाले प्रतिष्ठानलाई तामाङको आदर्श र गान्धीवादी विचारलाई वर्तमान राजनीतिसँग जोड्ने गरी सक्रियपूर्वक काम गर्ने प्रतिक्रिया दिए।

प्रकाशित: २८ असार २०७६ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App