७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहट सदरमुकाम गौर डुवानमा

रौतहट- अविरल वर्षापछि रौतहटमा आएको बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भुभाग डुवानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानि बस्तिमा प्रवेश गरेपछि करिव एक हजार भन्दा बढी घर भत्केका छन्।

स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्।

लालवकैया खोलाको बाढीले बनुयाँद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्धनै बगाएपछि सो क्षेत्रका करिव ६ नगरपालिका ढुवानमा परेका छन्।

यस्तै बागमती नदिले गढिमाइ नगरपालिकाको दुई स्थानमा बागमती नदिले बाँध भत्काएपछि सो क्षेत्र समेत डुवान भएको छ।

भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर करिव २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानि थुनिएर सदरमुकाम गौर डुवानमा परेको हो।

गौर सदरमुकाममा करिव एक तत्ला डुव्ने गरी बाढी पसेको छ। एक दर्जन प्रहरी युनिट स्थानान्तरण गरिएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर डुवानमा परेको छ। गौर स्थित उनको पुर्खौली घरमा करिव ८ फिट पानी जमेको छ।

बाढीले भारतीय तटबन्धन छुनलाई दुई फिट मात्र बाँकी छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App