८ वैशाख २०८१ शनिबार
समाज

खोलाले बगाएर मृत्यु

इलाम–  दुई दिनयताको लगातार वर्षाका कारण जिल्लाको चुलाचुलीका एकजनाको खोलाले बगाएर मृत्यु भएको छ। चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव खोलाले बगाएर लगेको अवस्थामा झापाको कमल गाउँपालिका २, भालुगाउँमा फेलापरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब सवा ११ बजे चुलाचुली गाउँपालिका १ र २ वडाको बीचमा रहेको बागडोर खोला तर्नेक्रममा उनलाई खोलाले बगाएको थियो। पेल्टिमारीस्थित प्रहरी चौकी र स्थानीयले खोजी गर्नेक्रममा अपराह्न उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लगातार भएको वर्षापछि शुक्रबार जिल्लाको सूर्याेदय नगरपालिका १०, डाक्टरखोलानजिकै निर्माणाधीन घर पहिरोले पुर्दा २५ लाख रुपैयाँबराबरको क्षति भएको छ। स्थानीय कुमार तामाङको ४ तल्ले घर पहिरोले पूरा पूर्ण रूपमा घर क्षतिग्रस्त भएको फिक्कलस्थित प्रहरीले जनाएको छ। वर्षाकै कारण माइखोलामा आएको बाढीले जिल्लाको सन्दकपुर गाउँपालिकाको सुलुबुङ र जमुना जोड्ने निर्माणाधीन पक्की पुल बगाएको छ। करिब २२ मिटर लामो पुलमा ढलान गर्नेबेला गरिएको सबै सटरिङ बाढीले बगाएको प्रहरीले जनाएको छ।

सूर्याेदय नगरपालिका–९, ढोडेस्थित बरबोटे–नयाँबजार सडक पहिरोले अवरुद्ध भएकामा केही घण्टापछि प्रहरी र स्थानीयको सक्रियतामा पहिरो हटाउँदा सञ्चालनमा आएको छ। वर्षाकै कारण जिल्लाका गाउँ–गाउँमा पहिरो गएको छ भने तराई क्षेत्रमा पर्ने भू–भागमा डुबान भएको छ । प्रहरीले जिल्लाभर वर्षाले के–के क्षति ग-यो भन्ने जानकारी पूर्ण रूपमा आइनसकेको जनाएको छ।
 

प्रकाशित: २७ असार २०७६ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App