६ वैशाख २०८१ बिहीबार
समाज

कमलानदीको बाढी गाउँ पस्दा दुईसय घर डुबान

सिरहा– बिहीबारबाट निरन्तर भइरहेको भारी वर्षाका कारण कमला नदीमा आएको बाढी सिरहा नगरपालिका– ६ स्थित बसपिट्टा र वडा नम्बर १२ सारश्वर गाउँमा पसेपछि करिब दुईसय घरहरु डुबान भएको छ। असारमा हताराेमा निर्माण भैरहेको सिँचाईका लागि ‘एन्टी फल्ड स्वीलिस’(बाँध) भत्काएर बाढी गाउँ पसेर डुबान भएको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने,‘सुरक्षाकर्मी, नेपाली सेना र स्थानीयले प्लास्टिकको बोरामा बालुवा भरेर बसपिट्टास्थित बाँधमा छेकबार लगाएको छ।’

सिरहा –१२ सारश्वर नजिक निर्माण भैरहेको ‘एन्टी फल्ड स्वीलिस’(बाँध) भत्काएर कमलानदीको बाढी गाउँ पसेर ढुबान भएको प्रजिअ अधिकारीले बताए। उनले भने,‘नेपाली सेना, सुरक्षाकर्मीको टोलीले डुबान भएका घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम गरिरहेका छन्।

यसैगरी लहान नगरपालिका–१ मुसहरी टोलको करिब २० घर जलमग्न छन्। स्थानीय भम्रा खोला मासेर घडेरी बनाउँदा वर्षाको पानी मुसहर बस्तीबाट बग्न थालेको छ। पानी घरभएरै बग्न थालेपछि स्थानीय मुसहर समुदाय सुरक्षित स्थानका लागि हारगुहार गरिरहेको स्थानीय गोबिन्द चौधरीले बताए। शुक्रबार साँझ डुबानपीडित करिब ५० जनालाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत अपीलराज बोहराले जानकारी दिए। पानीको निकास थुनिँदा इलाका प्रहरी कार्यालय लहान, पशुपति आदर्श मावि, सारदा नमुना माविलगातका स्थान जलमग्न भएको छ।

मिचैया नगरपालिकामा पानीको निकास थुनिएपछि बजार जगमग्न बनेको छ। यहाँको इलाका प्रहरी कार्यालय र राजमार्ग छेउका घर तथा व्यापारिक मलहरु डुवानमा परेको छ। पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा राजमार्गको डेढ फिट माथिसम्म पानी बगिरहेको छ।

 

प्रकाशित: २७ असार २०७६ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App