कांग्रेस बैठक सुरु, १४ वटा एजेन्डा तय

शुक्रबार, २७ असार २०७६, १७ : ३८ नागरिक

काठमाडौं– नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो।

नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए। बैठकमा विविधसहित १४ वटा एजेन्डा तय गरिएको छ। बैठकको सुरुमा भने नियमावलीमाथि छलफल केन्द्रित भएको छ।

बैठकमा नेताहरुले भातृ संगठनहरुलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन्। बैठकमा भातृ संस्थाहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पनि केन्द्रिय सदस्य पौडेलले बताए। त्यसैगरी पार्टी अनुशासनको कुरा गर्दा आलोचना गर्न पाउने व्यवस्था राख्नपर्नेमा पनि नेताहरुको जोड छ।

बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली काँग्रेसले जनाएको छ। यसअघि बोलाइएको केन्द्रिय कार्य समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच एजेन्डामा सहमति नभएका कारण स्थगित गरिएको थियो।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad