coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुखमा चढेर उद्दारका लागि हारगुहार

लहान- सिरहाको कर्जन्हा नगरपालिका –२ बन्दिपुर स्थित कमला नदीको बीचभागमा एकजना रुखमा चढेर बाह्र घण्टादेखि बाँच्न संघर्ष गर्दै छन्। कमलाको बगरमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका गुद्रु मुखियाको टहरा बाढीले बगाएपछि उनी रुखमा चढेर ज्यान जोगाएका छन्। तर, बाढीले रुख कतिबेला बगाउने हो चिन्ताले उनी उद्धारका लागि गुहार गर्दै छन्।

नदीमा पानीको बहाव बढेकाले उनलाई जमिनबाट उद्धार गर्न मुस्किल छ प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले नागरिकसँग भने,‘काठमाडौंबाट मौसम अनुकुल नभएकोले हेलिकप्टर आउन सकेको छैन्। कमला नदीमा पानीको बहाव कम भएपछि नेपाली सेनाको उद्धार टोलीबाटै मुखियाको उद्धारको प्रयास थालिएको छ, उनले भने।’ पानीको बहाव कम भएपनि बाढीको बेग तेज भएकाले जमिनबाट उनको उद्धार कठिन छ। प्रजिअ अधिकारीले भने,‘रात परेपछि उद्धार कार्य सम्भव हुदैन। हेलिकप्टरबाट छिटै उनको उद्धार नभए जिवितै उद्धार गर्न सक्ने सम्भवना कम रहेको सुरक्षा अधिकारीहरु बताउँछन।’ कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान मुखियाको जिवितै उद्धारका लागि हरसम्भव प्रयास भैरहेको जानकारी दिए।

रातीबाट निरन्तर भइरहेको भारी वर्षा अहिले रोकिएको छ। तर, कमला नदीमा आएको बाढी सिरहा नगरपालिका– ६ स्थित बसपिट्टा गाउँमा पसेपछि घरहरु डुबान भएको छ। असारमा हत्तारहत्तार निर्माण भैरहेको सिँचाईका लागि ‘एन्टी फल्ड सुलुस’ भत्काएर बाढी गाउँ पसेर डुबान भएको हो। प्रजिअ अधिकारीले भने,‘सुरक्षाकर्मी, नेपाली सेना र स्थानीयले बोरामा बालुवा भरेर छेकबार लगाएको छ। अहिले बाढी गाउँ पस्न रोकिएको उनले बताए।’

सिरहाकै सारश्वर नजिक निर्माण भैरहेको ‘एन्टी फल्ड सुलुस’ भत्काएर कमलानदीको बाढी सारश्वर गाउँ पसेर ढुबान भएको प्रजिअ अधिकारीले बताए। उनले भने,‘नेपाली सेना, सुरक्षाकर्मीको टोलीसहित हामी बन्दीपुरबाट सारश्रतर्फ हिँडिसकेका छौं। कमला नदीको बाढीले यो संरचना भत्कायो भने सदरमुकाम सिरहासहित धेरै बस्तीमा बाढी पस्छ।’

यसैगरी लहान नगरपालिका १ मुसहरी टोलको करिब २० घर जलमग्न छन्। स्थानीय भम्रा खोला मासेर घरेडी बनाउँदा वर्षाको पानी मुसहर समुदायको घरबाट बग्न थालेको छ। पानी घरभएरै बग्न थालेपछि स्थानीय मुसहर समुदाय सुरक्षीत स्थानका लागि हारगुहार गरिरहेको स्थानीय गोबिन्द चौधरीले बताए। पानीको निकास थुनिँदा इलाका प्रहरी कार्यालय लहान, पशुपति आदर्श मावि, सारदा नमुना माविलगातका स्थान जलमग्न भएको छ।

मिचैया नगरपालिकामा पानीको निकास थुनिएपछि बजार जगमग्न बनेको छ। यहाँको इलाका प्रहरी कार्यालय र राजमार्ग छेउका घर तथा व्यपारिक मलहरु डुवानमा परेको छ। पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा राजमार्गको डेढ फिट माथिसम्म पानी बगिरहेको छ।

 

प्रकाशित: २७ असार २०७६ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App