८ वैशाख २०८१ शनिबार
भिडियो

'भेन्डर फेर्ने सपना नदेखे हुन्छ, भोलि होइन आजै मलेसिया रोजगारी सुचारु गरौँ'

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ९९ वटा संस्था छनोट गरिसकेकाले अब कुनै पनि बहानामा मलेसिया रोजगारी बन्द गर्न नहुने अध्यक्ष गुरुङले बताए। विगतमा संचालन रहेका भेन्डर नै यथावत रहने उनको दाबी छ।

'मलेसिया सरकारले विगतमा राखेका संयन्त्र नै रहने भन्ने क्लियर भैसक्यो। पुरानोलाई हटाएर नयाँ ल्याउँछु भन्ने कसैले सपना नदेखे हुन्छ। सक्ने भए त नौं महिना सम्म हटाउने थिएनन् र?' संघका अध्यक्ष गुरुङले भने-'यो वा त्यो नाममा मलेसिया रोजगारी अब बन्द गर्नु हुँदैन।'

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

 

 

प्रकाशित: २७ असार २०७६ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App