७ वैशाख २०८१ शुक्रबार
समाज

गर्भवतीलाई फिल्टर

गर्भवतीलाई फिल्टर वितरण गरिँदै। तस्बिरः नागरिक

जुम्ला– ‘सुनौलो हजार दिन’ भित्रका गर्भवती र सुत्केरीलाई शुद्ध खानेपानीको पहुँच पु-याउन फिल्टर वितरण गरिएको छ। अहिले यहाँका मुहान सफा सुग्घर नहुँदा शुद्ध खानेपानीको अभाव देखिएको छ।

सफा खानेपानी पिउनाले गर्भवती र बच्चा दुवै स्वास्थ्यमा पानीजन्य रोगले संक्रमण गर्न नसक्ने भएकाले फिल्टर वितरण गरिएको हो। तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोेजक गणेशबहादुर शाही गर्भवतीलाई सफा खानेपानी पिउनको फिल्टर वितरण गरिएको बताए।

स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गर्ने जाने र सुरक्षित सुत्केरी गराउने महिलालाई फिल्टर उपलब्ध गराइएको हो। तिला गाउँपालिकाका पाँचवटा स्वास्थ्य संस्थामा पुगेर गर्भवतीलाई फिल्टर उपलब्ध गराइएको हो।

तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले फिल्टरको सही प्रयोग गर्न सुझाव दिइन्। उनले आगामी वर्षमा गर्भवती र सुत्केरी महिलालाई लक्षित गर्दै ‘सुनौलो हजार दिनभित्रका महिलासँग उपाध्यक्ष’ कार्यक्रम ल्याएको बताइन्।

प्रकाशित: २७ असार २०७६ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App