coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले पोल बगाउँदा विद्युत अवरुद्ध

खोटाङ – भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङमा विद्युत अवरुद्ध भएको छ। भारी वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको पोल बगाउँदा जिल्लामा विद्युत ठप्प भएको हो। विद्यूत अवरुद्ध हुँदा दुई नगरपालिका र आठ गाउँपालिकाका हजारौं उपभोक्ता मारमा परेका छन्।

त्रियुगा खोलामा बाढीको बहाव नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भइरहेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए।

खोलामा वहाव नघटेसम्म अर्को पोल राख्न नसकिने भएकाले विद्युत सुचारु गराउन समय लाग्ने प्राधिकरणले जनाएको छ। विद्युत  ठप्प हुँदा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभाबित भएको छ। वर्षाका कारण पहिरो जाँदा जिल्लाकै लेक्पा, छोरम्बु, चिप्रीङ लगायतका ठाउँमा पोल ढालेको यादवले बताए।

प्रकाशित: २७ असार २०७६ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App