coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौं जोड्ने चार सडक अवरुद्ध, पहिरोले कार पुरियो

मकवानपुर– निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

शुक्रबार बिहान साढे ९ बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरामा आएको बाढीको कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएकाले खुलाउने प्रयास भईरहेको उनले बताए। वर्षादकै कारण आएको पहिरोका कारण हेटौंडा–काठमाडौ जोड्ने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध भएको छ।

शुक्रबार बिहान करिब साढे ४ बजे आएको पहिरोका कारण हेटौंडाबाट भीमफेदी–फाखेलहुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको प्रहरी उपरिक्षक सिंहले बताए। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, सिस्नेरी र ईन्द्रसरोवर ३ ज्यामिरे, महालक्ष्मी खोला नजिकै र ईन्द्रसरोवर १, कलंकीमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको उनले बताए। हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौ जाने सडक भने पहिरोका कारण बिहीबारबाटै अवरुद्ध रहेको छ।

कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका–८ गगटे, कालोपहिरो, लेनडाँडा सिमात खोला नजिकै पहिरो खस्दा राजपथ अवरुद्ध बनेको छ। यता, बाढी र पहिरोका कारण मकवानपुरको कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका क्षेत्र र हेटौंडा उपमहानगरपालिका पनि ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। त्यस्तै, पुर्वी मकवानपुरको बकैया–बागमती सडक खण्डको केही भागमा समेत सवारी आवगमन रोकिएको छ।

पहिरोले कार पुरियो
हेटौंडा–काठमाडौ छोटो दुरीको मार्ग अन्तरगत इन्द्रसरोवर गाउँपालिका–१ कलंकीमा पहिरोले निजी कार पुरेको छ। हेटौंडाबाट काठमाडौतर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कार पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

सडकमा गुडिरहेको कारलाई पहिरोले पुरेपनि मानवीय क्षती नभएको उनले बताए। कार उद्धारमा नेपाली सेनाको टोली खटिएको बताइएको छ।

प्रकाशित: २७ असार २०७६ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App