coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

मुखर्जी अाउनै लाग्दा माछापुच्छ्रे खुल्यो

पोखरा–भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनलाई भव्य र सभ्य बनाउन तीब्र रुपमा तयारी गरिएको छ। यही अवसरमा बिहीबार बिहान पूर्वअभ्यास पनि गरिएको छ।

पोखरा विमानस्थलदेखि पाँचतारे होटल पोखरा ग्राण्डहुँदै रामबजारस्थित भारतीय पेन्सनक्याम्प र विमानस्थलसम्म पूर्व अभ्यास गरिएको थियो। पोखरा आउँदा मुखर्जीले होटल ग्राण्डमा केहीबेर आराम गर्नेछन्। कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले तयारीको क्रममा पूर्वअभ्यास गरिएको बताए। ‘शुक्रबार विशेष ‘कारगेड’ मा विमानस्थदेखि होटल र पेन्सनक्याम्पसम्म सवारी हुने भएकोले तयारीको क्रममा आज पूवअभ्यास गरेका हौं,’ उनले भने।

 

पूर्व अभ्यास विमानस्थलबाट सुरु गरिएको थियो। त्यसमा नेपाली सेना, सशस्त्र, जनपद प्रहरी र  राष्ट्रिय अनुसन्धानका उच्च पदाधिकारी सहभागि थिए। त्यसक्रममाा विमानस्थलदेखि होटल र होटलदेखि पेन्सनक्याम्पसम्मको सडकमा ट्राफिक र सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको थियो। केही बेर सडकमा गाडी गुड्न समेत रोक लगाइएको थियो।

मुखर्जी शुक्रबार दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन्। उनी भोलि नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने सुरक्षा स्रोतले बताएको छ। ‘तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन्। त्यसपछि सिधै काठमाडौं फर्कनेछन्’, स्रोतले भन्यो।

 

तीनघण्टाको अवधिमा मुखर्जीले केहीबेर यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा आराम गर्नेछन्। पोखरा विमानस्थलबाट सिधै होटल जाने र होटलमा आरामपछि मुखर्जी भारतीय पेन्सनक्याम्प पुग्नेछन्। मुखर्जीले पोखरा ग्राण्डमै लञ्च खानेछन्। पेन्सनक्याम्पमा अवकासप्राप्त भारतीय गोरखा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पेन्सन क्याम्पले बताएको छ। पेन्सनक्याम्पबाट बाहिरिएपछि मुखर्जी पृथ्वीचोकहुँदै विमानस्थल आउने व्यवस्था मिलाइएको छ।

मुखर्जीले सम्बोधन गर्ने पेन्सन क्याम्पमा करिब १० हजार  पूर्व भारतीय गोरखा सैनिकका लागि बस्न व्यवस्था मिलाइएको छ। त्यसबाहेक सम्बोधनस्थलको पनि तयारी भइसकेको पेन्सनक्याम्पका अधिकारीले बताए। ‘लगभग तयारी पूरा भएको छ। रातदिन खटेर तयारी गरेका छौं,’ पेन्सनक्याम्पका एकजना उच्च अधिकारीले भने । क्याम्पमा सहभागि हुनका लागि पूर्व भारतीय सैनिकलाई निमन्त्रणा गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार मुखर्जीको सवारीको बेला विमानस्थल देखि होटल, होटलदेखि पेन्सन क्याम्पसम्मको बाटोमा अरु सवारी चलाउन रोक लगाइनेछ। ‘अरुतिर गाडी चल्छन्। तर, राष्ट्रपतिको सवारीका बेला केही समय बाटोमा अरु गाडी रोकिनेछन्’, उनले भने। मुखर्जीको स्वागतार्थ सवारी गुड्ने सडकमा स्वागतद्वार बनाइएको छ । बाटो चक्लाउने र आसपासमा सरसफाई गर्ने काम चलिरहेको छ। ट्राफिक व्यवस्थापनका लागि भैरहवा र बुटवल लगायतका क्षेत्रबाट थप प्रहरी पोखरा ल्याइएको छ। त्यसबाहेक सडकका खाडल पुर्ने र सम्याउने कामले पनि तिब्रता पाएको छ।

प्रकाशित: १८ कार्तिक २०७३ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App